भारत भाग्ने सांसद सरिता गिरीको प्रयास असफल, सीमाबाटै फर्किइन् !

काठमाडौँ – जनता समाजवादीकी सासंद सरिता गिरीले भारत जाने प्रयास गरेकी छन्। भारतमा आफ्ना बुवा बिरामी भएको भन्दै गिरीले मंगलबार भारत जाने प्रयास गरेकी हुन्।

मंगलबार दिउँसो सासंद गिरी सिरहाको ठाडी नाका हुँदै भारततर्फ जान खोजेको र उनलाई त्यहिँबाट फर्काइएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ।

कोरोना भाइरस जोखिममा कारण नाका बन्द रहेको कारण उनले भारत जान नपाएको बताइएको छ। नाकामा खटिएका सुरक्षाकर्मीले भारत जान नमिल्ने बताएपछि उनी फर्किएकी हुन्। प्रहरीहरूले सम्झाएपछि उनी फर्किएको थाहा हुन आएपनि उनी कता गईन् भन्ने भने खुल्न सकेको छैन।

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको नक्सामा समावेश गर्न संविधान संशोधन गर्दा गिरीले विरोध जनाएकी थिइन्। बिना आधार तथा प्रमाण अन्य मुलुकको भूमि दावी गरिएको भन्दै उनले अभिव्यक्ति दिँदै आएकी छन्।

मंगलबार मात्रै गिरीले एक भारतीय टेलिभिजनसंग कुराकानी गर्दै नेपालमा चीनको प्रभाव बढ्दै गएको र ओली चीनको विचारधारामा चलिरहेको आरोप लगाएकी थिइन्। राष्ट्रविरोधीको आरोप लगाइएकी उनको अहिले सर्वत्र आलोचना भैरहेको छ।

गिरीले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि नै संशोधन प्रस्ताव समेत दर्ता गराएकी थिइन्। पार्टीले चेतवानी दिँदा पनि अटेर गरेकी उनलाई पार्टीले कारवाही गर्ने अनुमान गरिएको थियो। तर, पार्टीबाट अहिले सम्म कुनै पनि निर्णय हुन भने सकेको छैन।

प्रकाशित : मङ्गलबार, असार ०२, २०७७१३:२३

सर्वोच्चले भन्यो – “विदेशमा अलपत्र कामदार ल्याउँदा शुल्क नलिनु”