मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
यसदिन तपाईको स्फूर्ति र ताजगीपूर्ण रुपमा दिन बित्नेछ। घरमा मित्र तथा आफन्तको आवगमनले खुशियालीको माहोल रहनेछ। यसदिन तपाईलाई आर्थिक लाभ हुनेछ। नया कार्य सुरु गर्न सक्नुहुनेछ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
यसदिन कुनै पनि कदम वानिर्णय लिनु अघि एकपटक सोच्न आवश्यक छ। कसैको साथ गलत धारणा हुने सम्भावना रहेको छ। खराब स्वास्थ्यले तपाईलाई उदास बनाउनेछ। परिवारमा विवाद हुनसक्नेछ। यसदिन खर्चिलो साबित हुनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
सामाजिक, आर्थिक तथा पारिवारिक क्षेत्रमा लाभ हुने सम्भावना रहेको छ। समाजमा मान-प्रतिष्ठामा वृद्धि हुनेछ। साथीहरुको तर्फबाट लाभ हुनेछ। सुन्दर स्थानमा पर्यटनको योजना हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
जागिर तथा व्यवसायको क्षेत्रमा प्रोत्साहन मिल्नेछ। पदोन्नतिको खबर पाउनुहुनेच। माता तथा परिवारको सदस्यको साथ अधिक निकटता रहनेछ। मान प्रतिष्ठामा वृद्धि हुदा खुसिको अनुभव हुनेछ। । स्वास्थ्य राम्रो रहनेछ।
।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
आलस्य, थकान र अल्छिपनले तपाइलाई कार्य गर्न मन लाग्दैन। पेट सम्बन्धि रोगले सताउनेछ । रोजगार तथा व्यवसायमा असन्तुष्टकर्ताहरूको कारण प्रगतिमा अवरोध हुनेछ। रिसलाई नियन्त्रणमा राख्नुहोस्।
कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो (Virgo)
यसदिन तपाइको उग्र स्वभावको कारण कसैको साथ मनमुटाव हुनेछ। शत्रुले अवरोध पुर्याउन सक्नेछ। नया कार्यको सुरुवात स्थगित गर्नुहोस। जलाशयभाट टाढा रहनुहोस। अत्यधिक खर्च हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
दैनिक कार्यको बोझबाट हल्का हुनको लागि तपाई यसदिन कतै घुम्न जाने योजना बनाउनुहुनेछ। नया वस्त्र खरिद गर्ने योग रहेको छ। तपाई सार्वजनिक मान-सम्मानको पात्र बन्नुहुनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio )
पारिवारिक शान्तिको माहोलले तपाईको मन स्वस्थ राख्नेछ। निर्धारित काममा सफलता मिल्नेछ। जागिरमा कर्मचारीको सहयोग मिल्नेछ। आर्थिक लाभ हुनेछ । साथै खर्च पनि हुने सम्भावना रहेको छ।
धनु – ये, यो, भ, भि, भु, ध, फ , ढ, भे (Sagittarius )
सन्तानको स्वास्थ्य र पढाइको बारेमा चिन्ता हुनेछ । पेट सम्बन्धि बिरामीले सताउनेछ। कार्य असफलताले तपाईमा निराशा ल्याउँछ। प्रियजनको साथको भेट रोमान्चक बनिरहनेछ। वाद-विवादबाट टाढा रहनुहोस।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
यसदिन तपाई ताजगी एवम स्फूर्तिको अभावबाट अस्वस्थता अनुभव गर्नुहुनेछ। मनमा चिन्ताको भावना रहनेछ । परिवारको सदस्यको साथ विवाद हुदा मनमा खिन्नता उत्पन्न हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
यसदिन चिन्ता मुक्त हुदा तपाईको मनले राहत महशुस गर्नेछ। साथै तपाइको उत्साहमा पनि वृद्धि हुनेछ। प्रिय व्यक्तिको साथ र दाम्पत्य जीवनमा अधिक धनिष्ठता अनुभव हुनेछ । आर्थिक लाभ र सामाजिक मान प्रतिष्ठाको पात्र बन्नुहुनेछ।
मीन -, दु, थ,ञ, दे, दो, च, चि (Pisces)
आर्थिक योजनाको लागि शुभ दिन रहनेछ। निर्धारित कार्य पुरा हुनेछ। आम्दानी बढ्नेछ। परिवारमा सुख-शान्तिको वातावरण बन्नेछ। स्वास्थ्य राम्रो रहेनछ।