कोरोना भाइरसका कारण भारतमा विश्वकै बढी मृत्यु, ब्राजिल र अमेरिकालाई पनि पछि पर्यो !

एजेन्सी – कोरोना भाइरस संक्रमणका कारण भारतमा हाल सम्मकै बढी व्यक्तिको मृत्यु भएको छ। बितेको २४ घण्टामा भारतमा कोरोना भाइरस संक्रमणको कारण २ हजार भन्दा बढीको ज्यान गएको हो।

बितेको २४ घण्टामा त्यहाँ २ हजार ६ जनाको ज्यान गएको छ। यससँगै भारतमा कोरोना भाइरस संक्रमणको ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय २१ पुगेको छ। बितेको २४ घण्टामा भारतमा भएको मृत्यु विश्वकै उच्च हो। पहिला उच्च मृत्यु भइरहेको ब्राजिल र अमेरिका भन्दा पनि यो संख्या उच्च हो।

यस्तै भारतमा बितेको २४ घण्टाना ११ हजार १ सय ३५ जना नयाँ कोरोना भाइरस संक्रमित फेला परेका छन्। यो समाचार तयार पार्दा सम्म भारतमा कोरोना भाइरस संक्रमितको स्नाख्य ३ लाख ५४ हजार १ सय ६१ पुगेको छ।

यस्तै भारतमा १ लाख ८७ हजार ५ सय ५२ कोरोना संक्रमित निको भएका छन्। भारतका विभिन्न अस्पतालहरुमा १ लाख ५४ हजार ६ सय ८८ जनाको उपचार चलिरहेको छ।

बुधबार बिहान सम्म विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ८२ लाख ५१ हजार २ सय २४ पुगेको छ। जस मध्ये १ लाख ४२ हजार ५ सय ५७ जना २४ घण्टामा थपिएका हुन्। विश्वभर अहिले सम्म ४ लाख ४५ हजार १ सय ८८ जनाको ज्यान गएको छ।

प्रकाशित : बुधबार, असार ०३, २०७७०३:३३

धुलिखेलद्वारा लकडाउन अवधिको कर छुट !