बाबु बने गायक प्रमोद खरेल, ६ दिनसम्म रुनु न हास्नु भयौ भन्दै लेखे यस्तो स्टाटस!

काठमाडौँ, असार ३। चर्चित गायक प्रमोद खरेल छोरीकी बाबु  छन् । उनले सामाजिक संजालमा केहि  तस्विर शेयर गर्दै आफ्नो घरमा लक्ष्मीको आगमन भएको  बताएका छन् । प्रमोद ६ दिन अघि नै बाबु बनिसकेका थिए। तर भर्खरै जन्मिएकी छोरीलाई चिकित्सकको निगरानीमा भेन्टिलेटरमा राख्नु पर्ने भएपछि उनले सबै सामु खुसी साट्न नसकेको  बताएका छन्। उनि लेख्छन्,

“जीन्दगीले अर्को खुशीको आकाश छोएको छ,
घरमा लक्ष्मीको आगमन भएको छ । तर भेन्टिलेटरमा ६ दिन (१४५ घण्टा) को कठिन संघर्ष पछि बल्ल उनी हाम्रो काखमा आइपुगिन। तनावग्रस्त अवस्थाले रुनु न हास्नु भयौ।  सबैसँग खुशी बाड्ने  असीमित चाहना हुदा-हुदै पनि सकिएको थिएन, न त दुखै साटन सकियो।

खुशी पक्कै आउला भनेर हरेस खाइएन, डा. नुतन शर्मा डा. शिव चालिसे डा गणेश शाह लगायत अल्का हस्पिटल टिम, शुभेच्छुक,भगवान र प्रार्थना गरिदिनु हुने सबैप्रति आभारी छौं।”

प्रकाशित : बुधबार, असार ०३, २०७७०७:१०

भारत चीनबीचको सीमामा भएको ‘लफडा’ माथि संयुक्त राष्ट्रसंघको चासो !