लकडाउनका कारण एक जिल्लाबाट अर्को जिल्लामा जान मिलेन, यस्तो जुक्ति लगाएर गरीछाडे विवाह !

एजेन्सी – कोरोना भाइरस महामारीका कारण पूरै विश्व नसोचेको अवस्थाबाट गुज्रिन बाध्य छ। विश्वका सम्पूर्ण मानिसहरुको दैनिकीमा कोरोनाले ठूलो प्रभाव गरेको छ। कोरोनाका कारण नसोचेको भोग्न हामी बाध्य छौँ।

कोरोना भाइरस महामारीका कारण धेरै देशहरुमा लकडाउन छ। लकडाउनका कारण एक ठाउँबाट अर्को ठाउँमा जान नमिल्ने भएपछि धेरैका विवाह रोकिएका पनि छन्।

तर, भारतमा भने एक जोडीले लकडाउनका बाबजुत विवाह गरेका छन्। लकडाउनका कारण एक जिल्लाबाट अर्को जिल्लामा जान नपाइने नियममा बाबजुत विवाह गरे। भारतीय संचार माध्यमहरुका अनुसार उनीहरुले तमिलनाडु-केरला बोर्डरमा गरेका हुन्।

दुलही केरलाकी हुन् भने दुलहा तमिलनाडुक हुन्। एक जिल्ला गएपछि १४ दिन क्वारेन्टाइन् बस्नुपर्ने नियम चल्नको लागि उनीहरुले तमिलनाडु-केरला बोर्डरमा विवाह गरेको बताइएको छ।

२२ मार्चको लागि तोकिएको विवाह लकडाउनको कारण रोकिएको र लकडाउन केहि खुकुलो बनाइएपछि दुई जिल्लाको बोर्डरमा विवाह गर्न आफूहरु बाध्य भएको दुलाहाका परिवारजन बताउँछन्।

प्रकाशित : बुधबार, असार ०३, २०७७०७:४९

दुनियाको सबै भन्दा विषालु माछा, एक थोपा विषले पूरा शहर पार्न सक्छ सखाप !