ग्रहचक्रमा मंगलको उथलपुथल, यी राशिलाई लाभै-लाभ !

एजेन्सी – ज्योतिष शास्त्रको अनुसार ग्रहहरु आफ्नो-आफ्नो निर्धारित समयमा गोचर गरिरहन्छन्। यस्तै गोचरले हरेक राशिहरुमा फरक-फरक असर पर्ने हुन्छ।

यश, कीर्ति र सुख समृद्धिको प्रतिनिधि ग्रह मंगलले यहि असार ४ गते ८ बजेर ५६ बजे राशि परिवर्तन गर्दैछ। मंगल ग्रहले यस दिन कुम्भ राशिबाट मीन राशिमा गोचर गर्नेछ।

मंगल ग्रहले हरेक ४५ दिनमा राशि परिवर्तन गर्ने हुँदा असार ४ गते बाट ४५ दिन सम्म राशि अनुसार मंगलको निम्न प्रभाव रहनेछ ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

मेष राशि हुनेहरुको जीवनमा उतार-चढाव बढ्नेछ। आर्थिक समस्याले सताउन सक्ला। बेसुरमा बोल्ने बानीले दु:ख पाइनेछ। गोप्य योजना सार्वजनिक नगर्नुहोला। प्रेम तथा पारिवारिक जीवन पनि खासै सुखद रहने देखिँदैन।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मंगलको राशि परिवर्तन वृष राशि हुनेहरुको लागि फलदायी रहने देखिन्छ। अड्किएका कार्य सफल हुनेछन्। आफन्तजन तथा मित्रजनबाट उचित सहयोग मिल्नेछ। सोचेका सम्पूर्ण कुरा पूरा हुँदा उर्जा बढेर जानेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

सामाजिक, आर्थिक तथा पारिवारिक क्षेत्रमा लाभ हुने सम्भावना रहेको छ। समाजमा  मान-प्रतिष्ठामा वृद्धि हुनेछ। साथीहरुको तर्फबाट लाभ हुनेछ। सुन्दर स्थानमा पर्यटनको योजना हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

मंगलको राशि परिवर्तनले जीवनमा सकारात्मक परिवर्तन ल्याउनेछ। बिग्रिएका सम्बन्ध सुधार गर्दै लाभ लिन सकिनेछ। सोचे अनुरुप कार्य सफल हुँदा मन प्रफुल्लित रहनेछ। कानुनी रुपमा रहेका समस्या देखि पनि छुटकारा मिलन सक्ला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

परिश्रम अनुसारको फल नमिल्दा जाँगर हराएर जानेछ। आय भन्दा व्यय बढी हुँदा आर्थिक सङ्कटले सताउनेछ। परिवारमा कलह बढ्न सक्ने हुँदा सतर्क रहनु होला। समयमा निर्णय गर्न नसक्दा महत्वपूर्ण कार्य फुत्किनेछ्न्।

कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो (Virgo)

कन्या राशि हुने हरुका लागि मंगलको राशि परिवर्तन खासै सुखद रहने देखिँदैन। स्वास्थ्यमा गम्भीर समस्या देखिनेछ भने परिवार तथा आफ्नो स्वास्थ्यको लागि नसोचेको रकम खर्च हुनेछ। समस्यामा आफन्तजनबाट सहयोग नमिल्दा खिन्न भइनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

मंगलको राशि परिवर्तनले तुला राशि हुनेहरुलाई छुट्टै प्रकारको उर्जा दिनेछ। धेरै समय देखि अड्किएका कार्य सफल हुनेछन्। यात्राको योजना पनि सफल भएर जानेछन्। प्रेम जीवनलाई छुट्टै प्रकारले परिभाषित गर्ने मौका मिल्न सक्छ। प्रियजनबाट उपहार मिल्न सक्ला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio )

स्रोत-साधन जुट्नाले कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्नेछन् भने नयाँ काम सुरु गर्न सक्षम् भइनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। अग्रजहरूको सहयोग प्राप्त हुँदा सहजै कार्य सिद्धि हुनेछन्।

धनु – ये, यो, भ, भि, भु, ध, फ , ढ, भे (Sagittarius )

मंगलको राशि परिवर्तनका कारण जीवनमा केहि चुनौती बढ्नेछ। साविक भन्दा अलि बढी नै परिश्रम गर्नुपर्नेछ। यधपी कार्य असफलताको सामना भने हुनेछैन। शारीरिक रुपमा स्वास्थ्य राम्रै रहेता पनि मानसिक रुपमा भने अनेक कुराले तनाब दिन सक्लान्। अध्ययनमा सफलता भने पक्कै मिल्ला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

मंगलको राशि परिवर्तनले मकर राशि हुनेहरुलाई त्यस्तो ठूलो प्रभाव पार्ने देखिंदैन। दैनिकीमा सामान्य परिवर्तन भएपनि जीवनमा खासै ठूला परिवर्तन हुने भने देखिँदैन। स्वास्थ्य पनि समस्या नै रहने देखिन्छ। पारिवारिक रुपमा भने समय उल्लासमय रहनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

कुम्भ राशि हुनेहरुका लागि मंगलको राशि परिवर्तन सुखद रहनेछ। नयाँ अवसरका साथै आम्दानीका श्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रतिष्ठित व्यक्तिहरूको सहयोग पनि प्राप्त हुन सक्ला।

मीन -, दु, थ,ञ, दे, दो, च, चि (Pisces)

तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्न सफल भइनेछ । नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। सामाजिक रुपमा बढेको दायित्वले मान-सम्मान दिलाउनेछ। मिहिनेतले दाम, इनाम र हातपार्न सफल भइएला। गर-गहना तथा घर-जग्गा जोड्ने मौका पनि मिल्न सक्ने देखिन्छ।

प्रकाशित : बुधबार, असार ०३, २०७७१३:००

मित्रता धेरै समयमा नटुटोस् भन्नको लागि के गर्ने?यस्ता छन् वास्तु तरिका!