सुशान्तसिंहको मृत्यु प्रकरण: सलमान खानसहित यी ८ जनाविरूद्ध मुद्दा दायर !

एजेन्सी – बलिउड अभिनेता सुशान्तसिंह राजपुतको मृत्यु प्रकरणमा ८ बलिउड अभिनेता निर्माता तथा निर्देशकहरू माथि मुद्दा भएको छ।

बलिउड अभिनेता सलमान खान, निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपुर तथा सञ्जयलीला भन्साली सहित आठ जना विरूद्ध फौजदारी मुद्दा दायर भएको हो।

वकिल सुधिर कुमार ओझाले सलमान, करनसहित आठ जनाका विरूद्ध मुद्दा दायर गरेका भारतीय संचार माध्यमहरुले जनाएका छन्। मुद्दा दायर भएकाहरुमा सलमान खान, करन जोहर, एकता कपुर, सञ्जयलीला भन्साली आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार र निर्देशक दिनेश छन्।

उनीहरु विरुद्ध बिहार अदालतमा फौजदारी मुद्दा दायर भएको छ। वकिल सुधिर कुमार ओझाले सेक्सन ३०६, १०९, ५०४ र ५०६ अन्तर्गत मुद्दा दायर भएको बताइएको छ।

बलिउड अभिनेता सुशान्तसिंह राजपुत प्रकरण पश्चात बलिउड भित्र परिवारवादको राजनीति कति सम्म चल्ने रहेछ भने कुरा छताछुल्ल भएको छ। बलिउडका विभिन्न कलाकार, निर्देशन तथा बलिउडसँग जोडिएका विभिन्न व्यक्तिहरु बलिउडमा पहिला देखि रहिआएको परिवारवादको विरुद्धमा बोलिरहेका छन्।

स्टारकिड्स देखि नामचलेका कलाकारका आफन्त आसपास घुमेको बलिउडको पकडको अहिले सामाजिक संजाल, मिडिया देखि जनजन माझ बहसको विषय बनेको छ। बलिउडका चर्चित कलाकार र निर्देशक अहिले बलिउड भित्रको परिवारवादले आफूहरु माथि पारेको प्रभाव बारे बोलि रहेका छन्।

प्रकाशित : बुधबार, असार ०३, २०७७०९:४१

आरडिटीको धोका: क्वारेन्टिनबाट घर फर्किएका २६ मा कोरोना, गाउँभर खैला-बैला !