काठमाडौँ, एक व्यक्ति सुन्दर हुन शरिरका हरेक अंग मिलेको हुनुपर्छ । तर शरिरको बाहिरी रुप मिलेर चिटिक्क परेको हुँदैन् । त्यसैले शरिरका सान तिना अंगहरु पनि सुन्दर देखिन जरुरी रहेको हुन्छ । त्यस्तै सुन्दरताको अर्को महत्वपूणै अंग हो नङ ।
तर कहिले काहीं त्यहि नङ पनि नराम्रो र अप्ठ्यो गरेर पलाएर विभिन्न समस्याहरु निम्त्याउने गर्छ । जसले कारण असह्य पिडा सहन बाध्य हुनुपर्छ । यस्तो बेलामा नङ लामो पारेर पाल्नु हुँदैन् ।
आफुलाई कसरी सजिलो हुन्छ त्यसै गरेर निकाल्नु पर्छ बल गरेर काट्नु हुँदैन् । त्यसैले आज हामी तपाईहरुलाई अप्ठयारो गरेर पलाएको नङ कसरी निकाल्ने भन्ने बारेमा केही घरेलु उपायहरु बताउन गइरहेका छौँ ।
ढिके नुनको प्रयोग : भित्र भित्रै समस्या दिने गरेर बढेको नङलाई ढिके नुनले ठिक गर्न सकिन्छ । ढिके नुनलाई तातोपानीमा हाल्ने । मनतातो पानीमा केही समयसम्म नङ पलाएको औला चोपेर राख्ने । नङ वरपरको टिस्यु काट्को लाग छालालाई नरम बनाउने ।
छाला नरम भएपछि नङ काट्न सजिलो हुन्छ । यसरी नङ काटिसकेपछि नङ भएको ठाउँमा तातो पानीले धुने । एन्टिबायोटिक क्रिम लगाउने । नङ काटिसकेपछि नङ काटेको भागमा एन्टि बायोटिकले सुरक्षा दिन्छ । कुनै प्रकारको संक्रमण हुन दिँदैन् । त्यसपछि सफा ब्यान्डेजले बाध्ने ।

