तिते करेलाको जरा देखि बियासम्म फाइदा नै फाइदा, कसरी सेवन गर्ने? जानीराखौ!

तपाई हामी मध्ये कतिलाई थाहा नहुन पनि सक्छ कि हाम्रो घर वरिपरि सजिलै पाईने सामान्य भन्दा सामान्य वस्तुहरु नै विभिन्न रोगको अचुक ओखति हुन सक्छ । हाम्रो भान्सामा तयार हुने तितो  स्वादको  करेला कतिपय रोगका लागि अमृत समान हुने गर्दछ। यसले खानामा रुचि बढाउनुका साथै शरीरमा स्फुर्ति समेत ल्याउन मदत पुर्याउने विज्ञहरुको दावी छ।

‘हरेक राम्रो मान्छेको  सबै गुण राम्रो हुदैनन्’ भने जस्तै करेलाका पनि बेफाइदाहरु छन्। हो आज हामि त्यहि सामान्य तरकारी करेलाको सेवनबाट हुने फाइदा तथा बेफाइदाको विषयमा कुरा गर्छौ:

यस्तो छ करेला खानुको फाईदा:

१. करेला सेवनबाट छाला सम्बन्धि विभिन्न रोग जस्तै हात खुट्टाको जोर्नी दुख्ने, बाथ रोग , पिसाब पोल्ने , पत्थरी , अल्पपित्त , हैजा जस्ता रोगका लागि अचुक ओखति हुन सक्छ।

२. यस्तै तिते करेलालाई उमाल्दा यसबाट एन्टीअक्सिडेन्ट उत्पन्न हुन्छ र यसले क्यान्सरको सम्भावनालाई घटाउने काम गर्दछ।

३. तिते करेलाको पात, जरा , बिया, फल आदि विभिन्न रोगको अचुक उपचारको लागि औषधिको रुपमा प्रयोग गरिन्छ।

४. जुका लागेको मानिसले तिते करेलाको बियालाइ पिसेर सेवन गरेमा पेट भित्रको जुका बाहिर निकाल्न मद्दत गर्दछ।

५. झाडा वान्ता भैरहेको साना केटा केटिलाइ तिन ओटा करेलाको वियाँ र मरिच पिसेर पानीमा मिसाएर खान दिएमा झाडा वान्त रोकिन्छ।

६. मधुमेहको बिरामीले हरेक दिन बिहान बेलुका करेलाको धुलो एक एक चम्चा सेवन गरेमा इन्सुलिनको काम गर्छ।

७. तिते करेलाको पात पिसेर त्यसको लेप लगाएमा  विभिन्न छाला सम्बन्धि रोग निको हुनुका साथै पोलेको घाउ पनि  निको हुदै जान्छ।

८. तिते करेलाको  पात आगोमा तताएर सिधेनुन संग खाना खानु अघि खाएमा अल्प पित्त रोगमा फाईदा गर्छ।

९. वर्षा याममा हैजा लागेको शंका लागेमा या हैजाको पहिलो चरणको लक्षण देखा परेमा दुइ चम्चा करेलाको रसमा त्यति नै मात्रामा सेतो प्याजको रस  मिसाएर खानाले फाईदा गर्दछ।

१०. तिते करेलाको जरा पिसेर पायल्समा लगाउनाले फाइदा गर्दछ।

११. तिते करेलाको जराको रसमा बराबर मात्रामा तुलसी र मह मिसाएर दिनहु एक महिना जति खाएमा स्वास प्रस्वास सम्बन्धि रोग जस्तै चिसो लाग्ने ,दम , घाटीको रोग ,ब्रोन्काईटिस आदिबाट मुक्ति पाउन सकिन्छ।

१२.  तिते करेलाको दैनिक सेवनले  शरीरको वजन सन्तुलित राख्न र तौल घटाउन पनि पद्दत गर्दछ।

यी त भए फाइदाका कुराहरु। तिते करेला खादा रोगि तथा कमजोर  व्यक्तिहरु भने सजग हुनु पर्ने हुन्छ। के छन् त यसका बेफाइदाहरु?आउनुस हामी त्यसको बारेमा जानौ:

१. गर्भवती महिलाले तिते करेला खानु त्यति उचित हुदैन। यसको सेवनले गर्भवती महिलामा बढी रक्त श्राव हुने तथा गर्भ नै खेर जाने सम्मको जोखिम  हुन सक्छ।

२ – रक्त अल्पता, ब्लड  प्रेसर लो भएका  तथा कमजोर व्यक्तिलाई  तिते करेलाको नियमित सेवन गरेमा अझै कमजोर हुने तथा रिंगटा लाग्ने, झाडा पखाला तथा पेट दुख्ने समस्या देखा पर्न सक्छन।

३. तिते करेलाको वियाँको घेरामा हुने तत्वले साना बालबालिकाकोको लागि विषादीको काम गर्न सक्छ।

प्रकाशित : बुधबार, असार ०३, २०७७१६:०२

क्यान्सर हुनुभन्दा केहि अगाडी देखिन्छन् यस्ता लक्षण, समयमै थाहा पाउनुहोस् !