तपाईको भविष्य र स्वभाव कस्तो छ, आफू जन्मेको महिनाबाटै थाहा पाउनुहोस् !

मानिसहरु पिच्छे उनीहरु स्वभाव, बुद्धि, विवेक र सोच अनेक हुने गर्छ।  तर, कुनै न कुनै बिन्दुमा हरेक व्यक्तिहरुको सोच बिचारमा मेल खाने गर्छ।  ज्योतिष शास्त्र अनुसार मानिस जन्मेको महिना अनिसार मानिसको स्वभाव, विशेषता, बुद्धि, विवेक र सोच भिन्न भिन्न हुने कुरा उल्लेख गरिएको छ।

यदि तपाइँलाई ज्योतिष बिज्ञानमा विश्वास लाग्छ भने तपाई जन्मेको महिना अनुसार तपाईको स्वभाव र विशेषता यस प्रकार हुने गर्छन्।

बैशाख:
वर्षको पहिलो महिना अर्थात् बैशाख महिनामा जन्मिने मानिस भोगी सर्वसुखयुक्त, धनवान, राम्रो चित्त र बिचार भएका, क्रोधवान, सुन्दर आँखा भएका, रुपवान, पुरुषहरुले स्त्रीहरुलाई माया गर्ने र स्त्रीले पनि स्त्रीलाई चाहिँ अलि मायाँ गर्ने खालको स्वभावका हुन्छन्। तर, यसो भनिरहँदा यो महिनामा जन्मेका महिलाले पुरुषलाई मन नपराउने र मायाँ नगर्ने भन्ने कुरा भने हुँदैन।

जेठ:
जेठ महिनामा जन्मिएका मानिसहरु सधै एकै ठाउँमा बस्न रुचाउदैनन्। त्यसैले उनीहरु विदेशमा बस्ने, शुभ सोच राख्ने शुद्ध  चित्त भएका हुन्छन्। यो महिनामा जन्मने मानिसहरको लामो आयु हुने पनि विश्वास गरिन्छन् ।

असार:
यो महिनामा जन्मिएका मानिसहरु धेरै धर्मकर्ममा विस्वास राख्ने धर्मात्मा स्वभावका हुने गर्छन्। धर्मक्रम गर्ने बानीले दान आदि इत्याधि गर्दा धन नाश हुने भएका कारण पिडित हुने गर्छन। उनीहरु सुन्दर वर्ण भएका र थोरै सुख भोग गर्दा पनि आनन्द लिन सक्ने स्वभावका हुने गर्छन्  ।

साउन:
यो महिनामा जन्म हुने मानिसको जीवन निकै सामान्य खालको हुने गर्छ।  किनकी उनीहरुलाई सुख, दुःख तथा हानी–लाभमा सधैँ एकनासले हुने गर्छ।

भदौ:
भदौ महिनामा जन्मिने मानिसहरुको स्वभाव निकै नरम खालको हुने गर्छ।  उनीहरु सधैँ खुसी र हँसिलो देखिने गर्छन। उनीहरुमा धेरै बोल्ने तर निकै मधुर स्वरमा बोल्ने हुँदा सबैको मन जित्न सक्ने खालका हुन्छन्। उनीहरुको बोलीले व्यक्तित्वलाई पनि निकै सुन्दर बनाईदिन्छ।

असोज:
यो महिनामा जन्मिने मानिसको मुहार धेरै सुन्दर रुप भएका हुने गर्छन्। यो महिनामा जन्मिने ब्यक्तिहरु अत्यन्त पवित्र सोच र गुणवान हुने गर्छन। उनीहरुलाई धनको कुनै कमी हुँदैन अर्थात् उनीहरु धनी हुने गर्दछन् ।

कार्तिक:
ज्योतिष शास्त्रका अनुसार कार्तिक महिनामा जन्मने मानिसहरु धनवान हुने तर मन्द बुद्धि अनि दुष्ट प्रवृतिका हुने गर्छन्। यस्तो स्वभावले उनीहरुलाई पापिष्टपन हुने गर्छ।

मंसिर:
यो महिनामा जन्मिएका मानिसहरु मिठो बचन निकै सरल र मिठो हुने गर्छ। यस महिनमा जन्मिएका मानिसहरु पनि धनवान, धर्ममा विश्वास राख्ने खालका हुने गर्दछन्। उनीहरुको स्वभाव निकै मिलनसार, पराक्रमी र अरुलाई उपकार गर्ने प्रकारका हुन्छ ।

पुस:
पुस महिनामा जनामिने मानिसहरु निकै निडर, कठोर, नास्तिक स्वभाव अर्थात् देवताहरुलाई नमान्ने विचारधारा बोक्ने खालका हुन्छन्। र, सुख–सुविधा जताबाट पनि उपभोग गर्ने खालका हुन्छन् ।

माघ:
यो महिनामा जन्मिने मानिसहरु वुद्धिमान, धनवान हुने गर्दछन् । निडर त हुन्छन् नै तर निकै निष्ठुर बचन बोल्ने खालका पनि हुन्छन् । खासगरी आफ्नो समस्यालाई मात्र समस्या देख्ने, र घरीघरि आफ्नै समस्याको मात्र कुरा गरेर अरुलाई आफ्नो बसमा पर्ने खालका हुन्छ्न्। उनीहरुले अर्को दुख या समस्यालाई सुन्न पनि नचाहने र वास्ता पनि नगर्ने खालको स्वभावका हुन्छन्।

फागुन:
फाल्गुनमा जन्मेका मानिसहरु शुक्ल वर्ण भएका, अरुको सधै उपकार गर्ने, धनवान, विद्यावान, सुखी र सधैँ विदेश भ्रमण गर्ने सोच बनाउने र यो अवशर समेत कतै न कतैबाट प्राप्त गर्ने खालका हुन्छन् ।

चैत:
वर्षभरिकै अन्तिम महिना हो, चैत्र। यो महिनामा जन्मिने व्यक्तिको स्वभाव नै  दार्शनीक खालको,  फिटिक्कै अहंकार नभएको तर आफ्नो क्षमताको कदर र सम्मान होस् भन्ने विचार भएका हुने गर्छन्। सधैँ राम्रो कर्म गर्ने स्वभाव उनीहरुमा हुने गर्दछ। यो महिनामा जन्मने मानिसको आँखा  रातो हुने र रिसाहा भने बढी हुने गर्दछन् । कुरा यत्ति हो की कसैले तत्काल देखाउछन् कसैले मन मनै रिसले मुर्मुरिने र कुनै बेला नराम्रोसँग पड्कने गर्छन् ।

प्रकाशित : बुधबार, असार ०३, २०७७१६:४६

वास्तुशास्‍त्र: घरमा यी ५ चिज भुलेर पनि नराख्नुहोस्, भित्रिने छ दरिद्रता र अशान्ति!