आइओएमको डिनमा डा सिंह नियुक्त

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान (आइओएम) को डिनमा प्रा डा दिव्यासिंह शाह नियुक्त भएकी छन् ।

त्रिवि कार्यकारी परिषद्को बैठकले सिफारिस भएका तीन जनामध्ये उनलाई डिनमा नियुक्ति गरेको हो । यसअघि उनी प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकका रुपमा कार्यरत थिइन् ।

डा शाहले रासससँग कुरा गर्दै बिहीबारदेखि कार्यभार सम्हाल्ने जानकारी दिए । यसअघिका डिन प्रा डा जगदीशप्रसाद अग्रवालले उमेरहदका कारण जेठ २१ मा अवकाश पाएपछि उक्त पद रिक्त थियो ।

प्रकाशित : बिहिबार, असार ०४, २०७७०२:४५

गण्डकी प्रदेशमा ४७ सङ्क्रमित थपिए, २९४ जना पुगे