जब प्रधानमन्त्री ओली चिनियाँ राजदूत होउ यान्छीको सुन्दरताको जालमा फसेको समाचार आयो…

काठमाडौँ – भारतले लामो समयदेखि कब्जामा राखेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको संविधानमै समेटिएको छ।

भारतले सोच्दै नसोचेको कदम नेपालले उठाएपछि भारतका राजनीतिक नेता र मिडिया यति बेला चिढिएका छन्। भारतीय मिडियाहरु यति बेला प्रमाणको आधारमा बोल्ने भन्दा पनि प्रोपोगाण्डा चलाउने काम गरिरहेका छन्।

यसै बीच भारतको एक अनलाइन मिडियाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिएर आपत्तिजनक समाचार सम्प्रेषित गरेको छ। भारतको ‘न्यूज २४ हिन्दी’ले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सुन्दरताको जालमा ओली फसेको भन्दै समाचार सम्प्रेषित गरेको हो।

‘चीन की खूबसूरत और आकर्षक महिला के झांसे में नेपाली पीएम ओली, भारत के खिलाफ उठाया ये कदम’ को शिर्षकमा सम्प्रेषित गरेको समाचारमा उसले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली चिनियाँ राजदूतको सुन्दरताको जालमा फसेको उल्लेख गरेको छ।

“नेपालमा भारत विरुद्ध चिनियाँ समूह सक्रिय छ र त्यो ओलो सरकारमा बलियो छ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली विगत धेरै समय देखि चीनकी एक महिलाको सौन्दर्य जालमा फसेको कुरा त सबैलाई थाहै छ”,समाचारमा उसले लेखेको छ।

उसले चिनियाँ राजदूत होउ यान्छीले आफ्नो सुन्दरता र कूटनीतिज्ञ जालमा ओलीलाई पारिसकेको भनेर उल्लेख गरेको छ। चिनियाँ राजदूत होउ यान्छीको जालमा नेपालका नेपालका शीर्ष कूटनीतिज्ञ र कर्मचारी पनि उसको आरोप छ। यहि कारणले गर्दा नै नेपालमा भारत विरोधी भावना जागेको उसको निष्कर्ष छ।

प्रकाशित : बिहिबार, असार ०४, २०७७०३:५८

देशका सबै जिल्लामा पुग्दै कोरोना: अब यी ३ जिल्ला मात्र बाँकि !