देशका सबै जिल्लामा पुग्दै कोरोना: अब यी ३ जिल्ला मात्र बाँकि !

काठमाडौँ – नेपालका ७४ जिल्लामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। बिहिबार मनाङमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै कोरोनाबाट संक्रमित हुने जिल्लाको संख्या ७४ पुगेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान विज्ञप्ति जारी गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५७ वर्षीय पुरुषमा कोरोनाको पुष्टि भएको जनाएको छ।

मनाङमा पहिलोपटक सङ्क्रमण देखिएको छ । कपिलवस्तुको बाणगङ्गा–१४ स्थायी ठेगना भई मनाङस्थित चामे गाउँपालिकामा कार्यरत ५७ वर्षीय कर्मचारीमा कोरोना पोजेटिभ देखिएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापन उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए । उनी कपिलवस्तुबाट मनाङ फर्किएका थिए ।

देशका ७७ जिल्ला मध्ये ७४ जिल्लामा कोरोना देखिएपनि देशका ३ जिल्लामा भने अहिले सम्म कोरोना देखिएको छैन। कोरोना भाइरस संक्रमण नपुगेका जिल्लाहरुमा मुस्ताङ, रसुवा र ओखलडुङ्गा छन्।

प्रकाशित : बिहिबार, असार ०४, २०७७०४:२७

लकडाउन फेरि ब्युँताउने सरकारको तयारी !