काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ को पिसिआर परीक्षण गर्नेमा छिमेकी मुलुकमा नेपालको दायरा बढी नै रहेको बताएका छन् । बुधबार राष्ट्रियसभाका सांसदले सोधेको प्रश्नको जवाफ दिँदै उनले प्रति १० लाखमा पाँच हजार १४६ जनामा परीक्षण गरिएको बताए।
उनले भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र जापानजस्ता देशमा भन्दा नेपालमा परीक्षणको दायरा माथि रहेको बताए। उनका अनुसार १० लाखमा भारतले चार हजार ४११, पाकिस्तानमा चार हजार ३०८, श्रीलङ्का चार हजार २०४ र जापानमा दुई हजार ७२४ जनामा परीक्षण गरिएको छ ।
ख्मन्त्री ढकालले यही असार १५ गतेदेखि सातवटै प्रदेशमा ठूलो मेसिन ल्याएर दैनिक १० हजार परीक्षण गर्ने तयारीसमेत भइरहेको जानकारी दिए। नेपालमा हाल २२ प्रयोगशालाबाट पिसिआर परीक्षण भइरहेको छ । अहिलेसम्म एक लाख ४९ हजार ७७२ परीक्षण गरिएको छ । बुधबार मात्र छ हजार ३७ जनामा परीक्षण गरिएको उनले जानकारी दिए।
मन्त्री ढकालले कोभिड–१९ का सङ्क्रमित सबैलाई परीक्षण गरिने भन्दै कुनै एक परिवारका सबैमा सङ्क्रमण भए सबैको परीक्षण गरिने बताए। उनले स्वास्थ्य सामग्री खरिदमा कुनै अनियमिता नभएकोसमेत बताए। उउनले ले कोभिड–१९ का लागि किनिएका स्वास्थ्य सामग्रीमा अनियमिता भए संसद्मा रहेको समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने बताए।
मन्त्री ढकालले हिमोफेलिया रोगको चार महिनाका लागि औषधि मौज्दात राखिएकोसमेत बताए। उनले लम्की चुहा नगरपालिका१ मा रहेको क्वारेन्टिनमा एक महिलामाथि भएको ब-लात्का-रको घटनामा संलग्नलाई हदैसम्मको कारवाहीसमेत हुने बताए। उनले कोभिड–१९ महामारीका रुपमा फैलिए अन्य मन्त्रालयबाट बजेट कटौती गरेर महामारी रोकथाम र नियन्त्रणमा खर्चिने बताए। सरकारले आगामी आर्थिक वर्षमा केन्द्रमा ३०० र सातवटै प्रदेशमा ५० श्ययाका सरुवा रोग अस्पताल बनाउने योजना रहेको उनको भनाइ थियो ।