राष्ट्रियसभाबाट पनि पारित भयो कालापानी, लिम्पियाधुरा र लिपुलेक समेट्न ल्याइएको विधयेक !

काठमाडौँ – ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ राष्ट्रियसभाबाट पनि पारित भएको छ।

कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतका भूमि समेटेर तयार पारिएको नक्सा निशान छापमा संवेदश गर्न ल्याएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ राष्ट्रियसभाबाट बिहिबार पारित भएको हो।

राष्ट्रियसभामा बिहिबार उपस्थित ५७ राष्ट्रियसभा सदस्य मध्ये सम्पूर्णले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’को पक्षमा मतदान गरेपछि राष्ट्रियसभा अध्यक्षले संशोधन विधयेक सर्वसंवत पारित भएको घोषणा गरे।

संशोधन विधयेक उपर मतदान हुनुअगाडी सांसदहरु छलफलमा सहभागी भए। सरकारले सार्थक वार्ताका माध्यमबाट भारतसँग कूटनीतिक एवम् राजनीतिक पहल गरेर नेपालको भूभागमा राखिएको भारतीय सेनाको क्याम्प हटाउनेतर्फ लाग्नुपर्ने सांसदको भनाइ थियो ।

भारतले एकलौटी रुपमा नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायत भूमिमा सडक निर्माण गरेर उद्घाटनसमेत गरेपछि सरकारले संविधान संशोधनको प्रक्रिया अगाडि बढाएको थियो । सोही आधारमा प्रतिनिधिसभाको गत जेठ ३१ गतेको बैठकले सो विधेयकलाई दुई तिहाइ बहुमतले पारित गरेको थियो ।

प्रकाशित : बिहिबार, असार ०४, २०७७०७:३३

गुड्दै गरेको मोटरसाइकलमा ११ हजार भोल्टेजको तार खस्यो, चालकको घटनास्थलमै मृत्यु !