काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोनाको पुष्टि !

काठमाडौँ – काठमाडौँ उपत्यकामा ६ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। बितेको २४ घण्टामा उपत्यकाका तीनै जिल्लामा गरी ६ जना कोरोना भाइरस संक्रमित थलिएका हुन्।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले काठमाडौंमा २ जना,भक्तपुरमा १ जना र ललितपुरमा ३ जना गरी ६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए।

गौतमका अनुसार काठमाडौंमा नयाँ पुष्टि भएका संक्रमितहरुमा एक जना महिला र एक जना पुरूष छन्, भक्तपुरमा १ महिला र २ पुरूष छन् भने ललितपुरमा १ जना पुरूष रहेका छन्।

पछिल्लो २४ घण्टामा देशभर हाल सम्मकै बढी संक्रमित फेला परेका छन्। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट ६ सय ७१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। यससँगै नेपालमा संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ। यो संख्या अहिले सम्मकै उच्च हो।

यस्तै बितेको २४ घण्टामा नेपालका १९ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन्। बिहिबार डिस्चार्ज हुनेहरुमा ६ जना महिला र ५५ जना पुरुष रहेका छन्। यससँगै कोरोनालाई जितेर घर फर्किनेको संख्या १ हजार १ सय ८६ पुगेको छ। अहिले सम्म १ हजार ७२ जना पुरुष र १ सय १४ जना महिला कोरोना जितेर फर्किसकेका छन्।

हाल सम्म नेपालमा १ लाख ५५ हजार ५ सय १८ पिसिआर परीक्षण र २ लाख ४३ हजार ७५ आरडीटि परीक्षण भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार बितेको २४ घण्टामा ५ हजार ७ सय ४६ पिसिआर परीक्षण र ९ हजार ५ सय ३२ आरडीटि परीक्षण भएको छ।

प्रकाशित : बिहिबार, असार ०४, २०७७११:१४

कर्णालीमा थप १२० जनामा कोरोना पुष्टि, ८६ जना दैलेखका