ओली भन्छन् – “कोरोना रूघाखोकीजस्तै हो, तातोपानी खाएर उडाइदिनु पर्छ”

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रूघाखोकीजस्तै भएको बताएका छन्। बिहीबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले कोरोना रूघाखोकीजस्तै भएको बताएका हुन्।

प्रधानमन्त्री ओलीले कोरोना लागेको खण्डमा उच्च मनोबल राख्ने हो भने सजिलै कोरोनालाई हराउन सकिने ओलीले बताए। कोरोनाले छोयो भन्नेबित्तिकै ज्यान जान्छ भन्ने सोच्न नहुने ओलीको भनाई छ।

“कोरोनाले छोयो भन्नेबित्तिकै मर्छु अब। अब गएँ म, भन्ठान्यो भनेदेखि त बाँच्न गाह्रो हुन्छ। कोरोना भनेको रूघाखोकीजस्तै हो। लागिहाल्यो भने हाच्छ्युँसाच्छ्युँ गर्नुपर्छ। तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ।”,उनले भने,”उच्च मनोबल राख्नुपर्छ, कोरोना लागिहाल्यो भने पनि लान सक्दैन। त्यो मनोबल राख्नुपर्छ।”

पहिला देखि नै नेपालीमा रोगप्रतिरोधात्मक शक्ति बढी रहेको बताउँदै आएका ओलीले औषधीजन्य सन्तुलित खाना र व्यायाममा जोड दिँदै आएका छन्।

यस्तै प्रधानमन्त्रीले दसैं-तिहार सम्म संक्रमण थप बढाउन सक्ने बताएका छन्। दसैं-तिहार सम्म संक्रमण थप बढ्ने र माघ सम्म नियन्त्रणमा आउने उनको भनाई छ।

“दसैं-तिहार वा छठ जस्तो चाडपर्वले संक्रमणको ग्राफ बढाउन सक्छ तर मंसिरको अन्तिम सातादेखि फेरि ग्राफलाई तल लान सक्छौं। माघसम्ममा नियन्त्रणमा आउनसक्छ र सम्भवत फागुन नियन्त्रणको महिना हुनसक्छ।”,उनले भने।

प्रकाशित : बिहिबार, असार ०४, २०७७१२:२२

“हल्लाको पछाडि लागेर एमसीसी बारे अनावश्यक तर्कवितर्क गर्नुको अर्थ छैन” – ओली