काभ्रे केन्द्रबिन्दु भएर भूकम्प, उपत्यकामा धक्का !

काठमाडौँ – काभ्रे सहित आसपासका जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको छ। बिहिबार बेलुका ७ बजेर १ मिनेट जाँदा काभ्रे सहित आसपासका जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार काभ्रेको पाँचखाल केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। उक्त भूकम्प ३ दशमलभ ८ रेक्टर स्केलको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का काभ्रे, सिन्दुपल्चोक सहित काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको छ।

विस २०७२ को महाभूकम्पपछि सना-ठूला पराकम्पहरु जानेक्रम जारी छ। महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने विज्ञले जनाएका छन्। विज्ञहरुका अनुसार यसकै निरन्तरताका रूपमा नेपालमा पाँच वर्षअघिको भूकम्पपछि परकम्पन आइरहेको हो।

जमीनमुनि भारतीय र तिब्बती प्लेट निरन्तर ठोक्किइरहने र भारतीय प्लेट तिब्बती प्लेटको मुनि घुस्ने क्रम निरन्तर भइरहेको हुँदा यसबाट हुने शक्ति सञ्चय भूकम्पीय माध्यमबाट क्षय हुने विज्ञहरुले बताएका छन् ।

प्रकाशित : बिहिबार, असार ०४, २०७७१५:२०

“एमसीसी देशको हितमा, बखेडा खडा गरी राजनीति गर्नेहरुबाट मुलुकको अहित हुने भयो”