लगातार तिन महिना अपनाउनुहोस् यी उपाय, रोकिनेछ कपाल झर्न !

प्राय महिलाहरुको चाहना हुन्छ कि आफ्नो कपाल लामो र बाक्लो होस्। तर आजकल, यो इच्छा एक थकित  र तनावपूर्ण जीवनमा अधुरोनै  रह्छ।  धेरै अनुसन्धानले पत्ता लगाएको छ कि जुन तनावको कारणबाट पनि महिलाहरुको कपाल झर्ने समस्या आउछ ।  बजारमा पाइने सेम्पु तथा साबुनमा विभिन्न हानिकारक केमिकलका कारण पनि कपाललाई कमजोर बनाउछ। यदि तपाई ड्यामेज कपालबाट आजित हुनुहुन्छ र कपाललाई सुन्दर र लामो बनाउन चाहानुहुन्छ भने घरेलु उपाए प्रयोग गर्न सक्नु हुन्छ। यी तलका गरेलु उपाय तिन महीनासम्म  प्रयोग गर्नुहोस्।यसको  प्रतिफल देखेर छक्क पर्नुहुनेछ।

आलुको रस

यदि तपाइको कपाल झर्छ भने आलुको रसको प्रयोग गर्नुहोस्। यसलाई प्रयोग गर्नाले कपाल झर्ने समस्यालाई हटाइ कपाललाई लामो बनाउन मदत गर्छ। दुई वा तीन आलुलाई पिसेर वा जुसरबाट जुस निकाल्नुहोस् र कपाल नुहाउनु भन्दा १५ मिनेट आघि यसलाई कपालमा लागाउनुहोस्। अब १५ मिनेटपछि आफ्नो कपाललाई सेम्पुले धुनुहोस्। आलुमा पाइने भिटामिन बीले कपाललाई बलियो र लामो बनाउछ।

 घ्युकुमारीको फाइदा

घ्युकुमारीले हाम्रो शरिरीरका पेट,कपाल र अनुहार जस्ता अन्य भागलाई  घ्युकुमारीले फाईदा गर्दछ। घ्युकुमारीको जेल महिनामा दुई पटक लगाउनुहोस्। यसमा नरिवलको तेल मिसाएर लगाउनु भयो भने अझ राम्रो हुन्छ। यसको जोल पिउनाले पनि धेरै फाइदा गर्दछ।

अमला

अमलाको प्रयोग गर्नाले आखाको साथै कपालका लागि फाइदाजनक हुन्छ। अमलामा भरपुर रुपमा भिटामिन सी पाइन्छ। यसको प्रयोगले कपाललाई  र आँखालाई पनि फाइदा पुऱ्याउँछ। कपालमा लगाउनको लागि अमलाको पाउडर र कागतीको रस लाइ बराबर मात्रामा मिसाउनुहोस्। अब यसलाई राम्ररी गोलेर कपालमा लगाउनुहोस् र केहि समय पछि आफ्नो कपाललाई धुनुहोस्। त्यसपछि कपाललाई सुक्न दिनुहोस।

अब दुई चम्चा कागतीको रसलाई मनतातो पानीमा मिसाएर कपालमा तेल जस्तै गरी मालिस गर्नुहोस्। यसलाई लगाएको ३० मिनेटसम्म कपाललाई सुक्न दिनुहोस्। त्यसपछि मनतातो पानि र स्याम्पुले कपाल धुनुहोस्। यसको प्रयोग हप्तामा २ दिन गर्न सक्नुहुन्छ।

प्याज

प्याजको रसले तपाइको टाउकोलाई सफा राख्न मदत गर्छ। दुई वटा प्याजलाई लिनुहोस् र यसलाई सानो -सानो बनाएर काट्नुहोस् र यसको रस निकाल्नुहोस्। यसलाई आफ्नो कपालमा लगाउनुहोस्। यसलाई ३० मिनेट राख्नुहोस्। त्यसपछि यसलाई मनतातो पानी र सेम्पुले  धुनुहोस्। यसो गर्नाले तपाइको कपालमा छिटै परिवर्तन आउछ।

दही र अण्डा

अण्डामा भरपुर मात्रामा प्रोटिन पाइन्छ। नियमित रुपमा प्रोटिनको मात्राका कारण कपाल बलियो हुन्छ। एउटा वा दुइटा अण्डा लिनुहोस् र यसमा भएको भित्रको पहेलो भागलाई निकाल्नुहोस्। अब यसमा ठुलो चम्चाको दुई चम्चा दही मिसाउनुहोस्। यसलाई राम्ररी गोलेर कपालमा लगाउनुहोस् र ३० मिनेटसम्म राख्नुहोस्। त्यसपछि मनतातो पानि र सेम्पुले तपाइको कपाललाई पखाल्नुहोस। यसले कपालको जरालाई बलियो बनाई कपाल लामो बनाउन मदत गर्छ।

सुन्तलाको  रस

सुन्तलाको रसले पनि कपाललाई बाक्लो र लामो बनाउछ। कपाल लामो बनाउने यो एउटा राम्रो तरिका हो। सुन्तलाको रस र स्याउको बोक्रा मिसाएर लगाउनाले कपाल कालो र लामो हुन्छ। यसलाई हाप्तामा दुई पटक आफ्नो कपालमा लगाउन सक्नु हुन्छ।

मेहेन्दी

मेहेन्दीको प्रयोग गर्नु कपालको लागि धेरै उपयोगी हुन्छ। मेहन्दीलाई फलामको कचौरामा भिजाउनुहोस र एक रातको लागि छोड्नुहोस्।अब अर्को दिन यसलाई तपाईकोकपालमा  लगाउनुहोस् ।यदि तपाईंको कपालमा कुनै कपाल सेतो छ भने अलग देखिने छैन र कपालको चमक पनि बढ्नेछ।

जैतूनको  तेल

तेल मालिस गर्नाले कपाल र टाउकोका लागि फाइदाजनक हुन्छ। जैतुनको तेललाई मनतातो हुनेगरि तताएर  कपाल र टाउकोमा ४५ मिनेटसम्म मालिस गर्नुहोस्। सक्नुहुन्छ भने एक रातको लागी अत्तिकै छोड्दिनुहोस। त्यसपछि भोलिपल्ट सेम्पुले कपाल धुनुहोस्। यसले तपाइको कपाल स्वास्थ र चम्किलो बनाउछ।

प्रकाशित : बिहिबार, असार ०४, २०७७१६:३१

मुख वा स्वास गन्हाउने समस्याबाट मुक्त हुने घरेलु उपाय