फडिल एक मौसमी फल हो । यो एउटा स्वादिष्ट फल हो जस्मा धेरै औषधीय गुणहरु पाइने गर्छ । फडिल अम्लिक प्रकृति को फल हो तर यो स्वाद मा मीठो हुन्छ । फडिलमा भरपुर मात्रामा ग्लूकोज र फ्रुक्टोज पाइन्छ ।फडिलबाट ,लगभग शरिरलाई आवश्यक पर्ने सम्पूर्ण भिटामिन पाईने गर्छ ।
यदि तपाइलाई सुगर रोग लागेको छ भने फडिल खानुभएमा धेरै फाइदा हुनेछ । यसको प्रयोगले सुगरको लेबल कम हुदै जाने बताइएको छ । सुगरका बिरामीहरुले एक चम्चा फडिलको रस एक गिलास पानीमा हालेर पिएमा सुगर लेबल कम भै बिस्तारै यो रोग काम हुदै जानेछ ।यदि तपाईहरुलाई पेट सम्बन्धी समस्या छ भने, फडिलको रसमा बिरे नुन मिलाएर पिउनुहोस, यसो गर्दा तपाईको पेट सबन्धि समस्याहरु सबै हराएर जानेछन् ।
फडिल विशेष गरी दाँत र हाडजोर्नी सम्बन्धित समस्याहरु को लागि धेरै फाइदाजनक हुन्छ । यसको बिउ सुकाएर ,त्यसलाई कुटेर दात मज्ना प्रयोग गरेमा बलियो र सेतो बनाउने गर्छ ।यदि तपाईहरुले पखाला लागेको बेलामा फडिलको रसमा बिरेनुन राखेर पिउनु भएमा केही समयमा पखाला रोकिने छ र शरिर लाई गल्न दिदैन । यसरि पिउदा धेरै फाइदाजनक हुन्छ । दिशामा रगत आउने समस्यापनि यसले हल गर्न सक्छ ।फडिल विशेष गरी दम र दम संग सम्बन्धित समस्याहरूको समाधानमा फाइदाजनक हुन्छ ।