परिचयपत्र माग्दा प्रहरीलाई निशाना बनाएर ‘पादे’, रिसाएर प्रहरीले गरे यस्तो कारवाही !

एजेन्सी – अस्ट्रियामा एक व्यक्तिलाई प्रहरीको अगाडी ‘पाद्नु’ महँगो पर्यो । उनलाई त्यहाँको प्रहरीले सोच्दै नसोचेको आर्थिक जरिवाना गर्यो।
बताइएअनुसार, नाम नखुलाइएका ती व्यक्तिलाई पादेकै कारण ५ सय यूरो जरिवाना गरियो। ‘पादे’कै कारण त्यहाँको प्रहरीले जरिवाना गरेको रकम नेपालीमा करिब ६८ हजार रुपैंया भन्दा बढी हुन आउँछ।

घटना जून महिनाको पहिलो हप्ताको हो। अस्ट्रियाको राजधानीमा त्यहाँको प्रहरी गस्तीमा रहेका बेला यस्तो घटना घटेको हो। प्रहरीका अनुसार आफूहरुले परिचयपत्र देखाउन आग्रह गर्दा उनले प्रहरी तर्फ फर्किएर जबर्जस्ति पादेका थिए।

ती व्यक्तले जबर्जस्ति प्रहरीलाई निशाना बनाएर पादेको प्रहरीको आरोप छ। यसरी ड्युटीमा रहेका प्रहरीलाई निशाना बनाएर पादेर अपमान गरेको भन्दै जरिवाना गरिएको बताइएको छ।

प्रहरीले गरेको उक्त जरिवाना प्रति ती व्यक्तिले आपत्ति जनाएका छन्। यस्तो अपराधको लागि यति ठूलो जरिवाना गर्न नमिल्ने उनको भनाई छ। यसको प्रतिउत्तरमा भियना प्रहरीले कानुनी रुपमा चुनौती दिन उनलाई आग्रह गरेका छन्।

सार्वजनिक शालीनता उलंघन गरेको आरोपमा यस्तो जरिवाना गरिएको प्रहरीको भनाई छ।

प्रकाशित : शुक्रबार, असार ०५, २०७७०७:३३

सूर्य ग्रहण: नेपालमै सबैभन्दा धेरै ९८ प्रतिशतसम्म ढाकिएको सूर्य कालापानीबाट देखिने !