काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली लगातार केहि दिन देखि पुनः विवादमा छन्। कोरोना भाइरसलाई रुघाखोकी जस्तै मान्नुपर्ने बताएका कारण उनको आलोचना भैरहेको छ।
नले कोरोना रुघाखोकी जस्तै भएको दावी गरे। ओलीले कोरोना लागिहाल्यो भने हाच्छ्युँसाच्छ्युँ गर्नुपर्छ, तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ भनेका थिए।
“कोरोना भनेको रुघाखोकी जस्तो हो, लागिहाल्यो भने हाँच्छिउ साँच्छिउ गर्नुपर्छ, तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ, उच्च मनोबल राख्नुपर्छ त्यति गरेमा कोरोनाले लान सक्दैन।”,प्रधानमन्त्रीले भनेका थिए।
ओलीले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै सुत्केरी, गर्भवती, रक्तअल्पता र जण्डिसका बिरामीले बेसार खानु हुँदैन भन्न समेत भ्याएका थिए। यस बारे अहिले सर्वत्र ओलीको आलोचना भएको छ।
यसै विषयमा टिप्पणी गर्दै वीर अस्पतालका कलेजो रोग विशेषज्ञ डा. सुधांशु केसीले प्रधानमन्त्रीलाई जण्डिसमा बेसार खान हुन्न भनेर कहाँ लेखेको छ भनेर प्रश्न गरेका छन्।
“यसरी गलत सुचना जनतालाई दिन हुन्न प्रधान मन्त्रीज्यु । कुन किताबमा लेखेको छ जण्डिसमा बेसार खान हुन्न भनेर ?”,ट्वीटरमा उनले लेखेका छन्।
यस्तै उनले प्रधानमन्त्रीले भनेजस्तै बेसार खाएर जण्डिस भए सधैँ घाँस खाने भैँसी कालो नभएर हरियो हुन्थ्यो होला भन्दै व्यङ्ग्य पनि गरेका छन्।
“बेसार खाएर जण्डिस हुने भए, बढ्ने भए जिन्दगीभरि हरियो घाँस खाने भैँसी कालो नभएर हरियो हुन्थ्यो होला”, उनले लेखेका छन्।
यसरी गलत सुचना जनतालाई दिन हुन्न प्रधान मन्त्रीज्यु । कुन किताबमा लेखेको छ जण्डिसमा बेसार खान हुन्न भनेर ? #EnoughIsEnough pic.twitter.com/B5FWfwUCzC
— Sudhamshu K.C. (@Drsudhamshu) June 18, 2020
बेसार खाएर जण्डिस हुने भए, बढ्ने भए जिन्दगी भरी हरियो घाँस खाने भैंसी कालो नभएर हरियो हुन्थ्यो होला !
— Sudhamshu K.C. (@Drsudhamshu) June 18, 2020