बिरामी छोरालाई जिउँदै गाडेको आरोपमा बाबु पक्राउ !

काठमाडौँ – छोरालाई जिउँदै गाडेको आरोपमा एक बाबु पक्राउ परेका छन्। आफ्नै छोरालाई जिउँदै गाडेको आरोपमा रुपन्देहीको तिलोत्तमाबाट एक बाबु पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा तिलोत्तमा–४ प्रगतिनगरमा राजु परियार रहेका छन्। केहि समय देखि बिरामी रहेका छोरालाई उनले मृ-त्यु नहुँदै बोरामा हालेर गाडेको स्थानीयको आरोप छ।

स्थानीयहरुले बिरामी छोरालाई जिउँदै गाडेको खबर गरेसँगै प्रहरी घटनास्थलमा पुगेको र आफूहरु घटनास्थलमा पुग्दा जिउँदै गाडिएको भनिएका बालकको मृ-त्यु भइसकेको प्रहरीको भनाई छ।

सांकेतिक तस्बिर

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार स्थानीयहरुले जिउँदै गाडेको आरोप लगाएपनि आरोपितले भने मृ-त्यु भइसकेपछि मात्रै झाडीमा खाल्डो खनेर गाडेको बयान दिएका छन्।

प्रहरीले बालकको श-व पोष्टमार्टमको लागि पठाएको छ। पोष्टमार्टम रिपोर्टपछि मात्रै जिउँदै गाडिएको हो की मृ-त्यु भएपछि गाडिएको हो एकिन हुने प्रहरीको भनाई छ।

प्रकाशित : शुक्रबार, असार ०५, २०७७११:२६

राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न नपाइने, कतै जानु पर्दा अनिवार्य मास्क लगाउनै पर्ने !