काठमाडौँ – सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँड्डुलमा रोक लगाएको छ। सरकारले अत्यावश्यक कामबाहेक राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँड्डुलमा रोक लगाएको हो।
गृह मन्त्रालयले बन्दाबन्दीलाई व्यवस्थित गर्नेसम्बन्धी मापदण्ड २०७७ जारी गर्दै अत्यावश्यक कामबाहेक राति १० बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ । लकडाउन खुकुलो भएसँगै सुरक्षा सतर्कता अपनाउनको लागि गृह मन्त्रालयले नयाँ मापदण्ड तयार पारेको हो।
रातको समय पारेर मानिसहरूको अव्यवस्थित हिँड्डुल गर्ने पाइएपछि ग्रहले यस्तो नियम लागू गरेको बताइएको छ। अब रातको समयमा हुने हिँड्डुलको प्रहरीले कडा अनुगमन गर्नेछन्।
यस्तै गृहले विवाह ब्रतवन्ध मृत्यु-संस्कार चाडपर्व पूजापाठ लगायतका सामाजिक तथा साँस्कृतिक कार्यक्रमहरू गर्नैपर्ने अवस्थामा १५ जनाभन्दा बढी भेला गर्न रोक लगाएको छ। यस्ता कार्यमा सामाजिक दूरी कायम गर्नुपर्ने ग्रहको नियम छ।

आवतजावत गर्दा वा कार्यस्थलमा कार्यरत रहँदा न्यूनतम दुई मिटरको सामाजिक दूरी कायम गर्न गराउन पनि गृहले भनेको छ। कार्यस्थलमा कामकाज गर्दा तथा आवतजावत गर्दा अनिवार्य मास्क प्रयोग गर्नुपर्ने गृहको नियम छ।

“आवतजावत गर्दा वा कार्यस्थलमा कार्यरत रहँदा न्यूनतम दुई मिटरको सामाजिक दूरी कायम गर्ने,गराउने र तोकिएको वस्तु वा सेवाको कारोबार गर्दा वा कार्यस्थलमा कामकाज गर्दा सेवा प्रवाह एवं आवतजावत लगायतका कार्यमा संलग्न रहने व्यक्तिहरूले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने,स्यानिटाइजर साथमा राख्ने। समान ढुवानी गर्ने कुनै पनि प्रकारको सवारी साधनहरूले चालक,सहचालकबाहेक अन्य कुनै पनि यात्रुहरूको ओसारपसार नगर्नेनगराउने।”,ग्रह

