यी कुराहरु खस्नु अथवा पोखिनु हुन सक्छ अशुभ संकेत !

हिन्दु धर्मशास्त्रमा विभिन्न धार्मिक मुल्य मान्यता  बिध्यमान रहेका छन। जसमध्ये केहि समान भुईमा खस्नुलाई पनि नराम्रो संकेत मान्ने गरिन्छ।  जस्तै खाईरहेको खाना हातबाट झर्नु , दुध उम्लिएर जानु आदि तर कतिपयले यस्ता कुराहरु सामान्य हुन भनेर बेवास्ता गर्ने गरेका छन। । ज्योतिषका अनुसार यस्ता चिजहरु हातबाट झर्नुलाई अशुभ मान्ने गरिन्छ।

हिन्दु शास्त्र अनुसार यी सामानहरु हातबाट खस्नुलाई अशुभ मानिन्छ

दुध उम्लिनु

ज्योतिष शास्त्रका अनुसार दहि दुधको सम्बन्ध चन्द्रमा संग रहेको हुन्छ।  त्यसैले यदि भाँडोबाट दुध या दुग्धजन्य कुनै पदार्थ उम्लिएर या पोखिएको खण्डमा घरको सुख समृद्धिमा लोप हुने बिश्वास गरिन्छ।  यसका साथै परिवारका सदस्यका बिचमा मानसिक समस्या तथा अन्य थुप्रै संकट देखा पर्ने सक्ने सम्भावना रहन्छ।

नुन पोखिनु

हामीले  हरेक दिन खाने खानामा नुनको प्रयोग गर्ने गर्छौं। नुनको प्रयोग खाना स्वादिष्ट बनाउनका लागि मात्र नभई बिभिन दोष हटाउनका लागि समेत उपयोगी रहेको छ।  कतिपय देशहरुमा त नुनलाई दुर्भाग्यको सूचक समेत मान्ने गरिन्छ। मान्यता अनुसार हातबाट नुन गिरेको अवस्थामा शुक्र र चन्द्रमा कमजोर हुने र आफन्त तथा साथीभाई संगको सम्बन्धमा किचलो पैदा हुन सक्ने समेत रहेको छ।

चामल पोखिनु 

गँहु , चामल तथा अन्य खाद्य पदार्थ हातबाट झर्नु भनेको धनकी देवी लक्ष्मी रिसाएको भन्ने संकेत हो। यदि कुनै गल्तिबश अन्न हातबाट झरेको हो भने त्यसलाई उठाई भगवानसँग माफी माग्नु पर्ने मान्यता रहेको छ।

सिन्दुर 

कुनै पनि विवाहित महिलाको वैवाहिक संकेत भनेकै सिन्दुर हो। यदि कुनै कारणबस विवाहित महिलाले लगाई रहेको सिन्दुर अचानक भुइमा खसेमा पतिको कुनै दुर्घटना हुन सक्ने ब्यापारमा नोक्सानी हुने आदि खतरा हुन्छ साथै हातबाट भारी पानीको गिलास झर्नुलाई पनि अशुभ संकेत मानिन्छ।

तेल पोखिनु  

खानामा प्रयोग गरिने तेल भुइमा पोखिनुलाई पनि अशुभ मान्ने गरिन्छ।  तेल पोखिनुको मतलब कुनै ऋणमा डुब्न सक्ने संकेत हुन सक्छ।यसले गर्दा घरमा सुख शान्ति हराउने तथा दरिद्रता समेत निम्तन सक्ने सम्भावना रहन्छ। यदि पुजा गरेको समयमा अचानक हातबाट थाली खस्नु या बलिरहेको बत्ती निभ्नुलाई पनि अशुभ संकेत मानिन्छ।

प्रकाशित : शुक्रबार, असार ०५, २०७७१२:५०

भोलि असार ६ गते शनिबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् दैनिक राशिफल !