चिकित्सकको लापरबाहीले बिरामीको मृत्युः पोलिक्लिनि तनावग्रस्त !

सांकेतिक तस्विर

लहान – लहानस्थित लिलामदन पोलिक्लिनिकमा चिकित्सकको लापरबाहीले आज उपचारका क्रममा प्रसूतिको बिरामी मृ-त्यु भएको आरोप लागेको छ ।

पीडित परिवारले उपचारमा संलग्न चिकित्सकलाई सार्वजनिक गरेर कारबाही गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रेपछि पोलिक्लिनिक तनावग्रस्त भएको हो ।

पोलिक्लिनिकमा प्रसूति गराउन आएकी सप्तरीको खडक नगरपालिका–३ की २३ वर्षीया मौसम खातुनको चिकित्सकको लापरबाहीले मृ-त्यु भएको आरोप लगाउँदै पीडित परिवारले अस्पताल अगाडि प्रदर्शन गरेपछि अवस्था तनावग्रस्त बनेको छ ।

करिब २५ दिनअघि लिलामदन पोलिक्लिनिकमा पेटको शल्यक्रिया गराएकी खातुनको दुई वटा टाँका चुडेपछि पुनः उपचारका लागि लिलामदनमै ल्याइएको थियो । चिकित्सकले खातुनलाई पुनः शल्यक्रिया गर्नुपर्ने भन्दै दोश्रो पटक शल्यक्रिया गर्ने क्रममा लापरवाही गरेकाले मृ-त्यु भएको आरोप पीडित परिवारले लगाएका छन् ।

आफैँले शल्यक्रिया गरेको पेटमा पुनः रकम कमाउने लोभमा शल्यक्रिया गर्न खोज्दा यस्तो अप्रिय घटना भएको आरोप लगाउँदै पीडित परिवारले पुनः शल्यक्रियाका लागि रु ३० हजार नगद लिएको बताएको छ । खातुनको मृ-त्यु भएलगतै लिलामदनका चिकित्सक डा दिलीप साह फरार भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक शरतकुमार थापा क्षेत्रीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित : शुक्रबार, असार ०५, २०७७१४:११

लकडाउनपछि सर्वाधिक अन्तर्राष्ट्रिय उडान: आज एकै दिन भए यति धेरै उडान !