काठमाडौँ । प्राकृतिकसँग सम्बन्धविच्छेद भएपछि मानिस जीन्दगी नै अध्यारो तर्फ धकेल्लिए जस्तै मानव शरिरमा हर्मोेन असन्तुलन भएपछि विभिन्न समस्याहरु आउन थाल्छन् । शरिरलाई कन्ट्रोल गर्ने स्विच प्यानल भनिने हाइपोथेलैमसदेखि लिएर शरिरलाई केमिकल म्यासेन्जरको भूमिका निर्वाह गर्ने हर्मोन्सले शरिरको कुनै न कुनै भागलाई अध्यारो बनाइरहेको हुन्छ ।
हर्मोनलाई तनको हुलाकी भनिन्छ । मानव शरिरमा भएको एन्ड्रोक्राइन ग्ल्यान्ड्स जसले शरिरमा उत्पन्न भएको खास रसायनलाई एक कोसिका बाट अर्को कोसिकामा पुर्याउने काम गर्छ । यसले स्नायु प्रणालकिो विकासलाई प्रभावित गतिविधिको रुपमा नियन्त्रण गर्छ । जसले मेटाबेल्जियम सेक्स ड्राइभ, रिप्रोडक्सन, मुड, तौल, पाचन र मस्तिष्कको भावनालाई प्रभाव पार्छ । जब शरिरमा हर्मोन असन्तुलन हुन्छ तब पुरै शरिर बिग्रन्छ । त्यसकारण स्वस्थ रहनको लागि हर्मोन्सलाई सन्तुलन राख्न जरुरी रहेको छ ।
कसरी हुन्छ हर्मोन असन्तुलन ?
शरिरमा कुनै हर्मोन बढी हुन र कुनै हर्मोन कम हुनु नै हर्मोन असन्तुलन हो । ब्यस्त जीवनशैली र असवस्थ खानपानको कारण मानिसमा बढेको मानसिक तनावले हर्मोनलाई असनतुतिल बनाउँछ । गायनाकोलोजिस्ट एन्ड अब्स्ट्रटीशियन डा. निरुपमा दीक्षितको भनाइ अनुसार उमेर अनुसार हर्मोन रिलिजमा हुने असन्तुलन र उतार चढावको कारण हर्मोन कम हुने वा बढी हुने हुँदा स्वास्थ्यमा असर देखा पर्छ । हर्मोन असन्तुलनको समस्या जुनसुकै उमेर समूहको व्यक्तिाई पनि हुन सक्छ । यद्यपी एक पटक यस्तो समस्या आएमा त्यस्तो व्यक्तिको जीन्दगी नै उथलपुथल हुन्छ ।
डामाडोल डाइट : पछिल्लो समय हामीले अपनाउने गरेको खानपान हैली डामाडोल भएको पोषणविदहरुको भनाइ छ । घर बाहिर बनेका खानाको कारण यस्तो समस्या बढ्दै गएको हो ।
प्राकृतिक रुपमा उत्पादित खानाबाट बिमुख भएको युवापुस्तामा खानाको कुनै टुंगो छैन् । कुनै दिन भोकै बस्ने र कुनै दिन खाएको खाएकै गर्ने बानी रहेको छ । यसो गर्दा पनि हर्मोन असन्तुलन हुने हुन्छ । हर्मोनमा देखिएको समस्याकै कारण अहिलेका बच्चाहरुमा उमेर नपुग्दै शारिरिक परिवर्तन हुने गर्छ । १०। ११ वर्षमा नै बच्चामा स्राव हुने गर्छ । ३० वर्षको उमेरमा नै महिनावारी रोकिन्छ ।
कति बेला हुन्छ हर्मोन असन्तुलन ?
पछिल्लो समय गरिएको एक अध्यनले प्राय धेरै मानिस मानसिक चिन्ताको सिकार भएको पाइएको छ । विश्वका आधा भन्दा बढी मानिसहरु यस्तो समस्याबाट पिडित रहेका छन् । यसको कारण पनि हर्मोन नै रहेको देखिएको छ ।
के छ खतरा ?
उचित उपचार नभएमा हर्मोनकै कारण विभिन्न समस्याहरु आउने गर्छ । जसले मधुमेह, उच्च रक्तचाप, कोलोस्टोर, हृदय वा मुटु रोग, मटोपना, अस्टियोपोरोसिस, गर्भाशय वा स्तन क्यान्सर, डिप्रेसन आदि । साथै हर्मोनमा देखिएको असन्तुलको कारण बाँझोपना, गर्भपात, गर्भावस्थाको बेला मधुमेह,जस्ता समस्याहरु देखा पर्छ ।
यी हुन स्वस्थ रहनको लागि आवश्यक पर्ने हर्मोनहरु
१.कार्टिसोलः यो हर्मोन एड्रनल ग्रन्थीमा हुने एक महत्वपूर्ण हर्मोन हो । यसको असन्तुलको कारण निद्रा नलाग्ने, चक्कर आउने, नङ कमजोर हुने, रगतमा सुगरको मात्रा बढ्ने जस्ता समस्याहरु देखा पर्छ ।
२.थाइराइड : थाइरायड ग्रन्थीमा उत्पादन हुने हर्मोनले शरिरमा उर्जा प्रदान गर्छ । यसको कमी भएका डिप्रेसन, सुस्त, कब्जियत, रुखोपन, धेरै निद्रा लाग्ने, कपालसँग जोडिएको समस्याहरु देखिन्छ ।
३.एस्ट्रोजन : एस्ट्रोजन हर्मोनको स्तर घट्नाले शरिर बिग्रने हृदयघातसँग सम्बन्धित क्यान्सर, मूत्राशयमा संक्रमण, डिप्रेसन, अनिद्रा, माइग्रेन, तिब्र तौल बढ्ने, पित्ताशयसम्बन्धी रोगहरु देखा पर्छ ।
४.प्रोजेस्टेरोन: प्रोजेस्टेरोन हर्मोनको कमीले अनिन्द्रा, स्तनको दुखाइ, तौल बढ्ने, बाँझोपन, टाउको दुख्ने, तनाव, जस्ता समस्याहरु देखिन्छ ।
५.टेस्टोरान : टेस्टोरान धेरै हुने हुँदा मुसा आउने, पोलिस्टिक ओभर सिन्ड्रोम हुने, अनुहारमा हातमा रौ पलाउने, बाँझोपना बढ्ने हुन्छ ।
६.लेप्टिन : यो हर्मोनले भोकलाई प्रभावित गर्छ । यसमा देखिएको समस्याले भोक लाग्ने हुन्छ ।
७.इन्सुलिन : इन्सुनिल हर्मोनमा आएको असन्तुलनले मधुमेह, थकान, अनिद्रा, कमजोर स्मरण, तिब्र तौल बढ्ने जस्ता रोगहरु निम्याउँछ ।

