भोलि असार ६ गते शनिबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

परिवार र कामको क्षेत्रमा मिलनसार व्यवहारले संघर्षलाई रोक्छ। रिस नियन्त्रण नगर्दा कसिअको साथ झगडा हुने सम्भावना रहेको छ। महिला वर्गबाट लाभ हुनेछ। मनको उदासिनताले तपाईमा नकारात्मक विचारहरू ल्याउँदछ। धन खर्च हुनेछ खान-पानमा संयम रहनुहोस।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

तपाई विचारहरूको दृढताका साथ ध्यान दिएर काम गर्नुहुनेछ। तपाई आफ्नो कलात्मक भावना वृद्धि गर्न सक्षम हुनेछ। लुगा, गहना, प्रसाधन सामग्री र मनोरन्जनमा खर्च हुनेछ।परिवारसंग राम्रो सम्बन्ध बन्नेछ। उत्तम दाम्पत्यजीवनको अनुभूति हुनेछ । धन लाभको आशा राख्नुहुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईको बोली वा व्यवहारले कसैलाई झगडा  गराउन सक्छ।  दिमाग शान्त राख्नुहोस। परिवार र आफन्तहरुसंग धेरै सावधान रहेर हिडनुहोस । तपाईको मान प्रतिष्ठामा हानि पुग्नेछ। विशेष गरी मनोरंजनमा  खर्च हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

नया कार्य गर्नको लागि शुभ दिन रहेको छ। व्यापारमा लाभ, जागिरमा पदोन्नति र आय स्रोतमा वृद्धि हुँदा आनन्द र सन्तोषको अनुभव हुनेछ ।  मित्र, पत्नी, पुत्र आदिको तर्फबाट शुभ समाचार मिल्नेछ। मांगलिक कार्य हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

जागिर तथा व्यवसायको क्षेत्रमा लाभदायक र सफल दिन छ। कार्यक्षेत्रमा तपाइ आफ्नो प्रभाव जमाउन सक्नुहुनेछ। भरपूर आत्मविश्वास र दृढ़ मनोबलबाट तपाइको कार्य  सरलतापूर्वक पूरा हुनेछ । ठुला पदका मानिसहरुबाट कामको कदर हुनेछ। पदोन्नतिको सम्भावना रहनेछ। पिताबाट लाभ हुनेछ। जमिन तथा सवारी सम्बन्धिको काममा अनुकुल समय रहनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तपाइको दिन धार्मिक कार्यमा बित्नेछ। कुनै तिर्थ स्थानमा भ्रमण गर्ने समय मिल्नेछ। विदेश जाने अवसर सिर्जना हुनेछ । दाजु-भाइबाट लाभ हुनेछ। आर्थिक लाभ मिल्नेछ। शारीरिक तथा मानसिक स्वास्थ्य स्वस्थ  बनिरहनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

आकस्मिक धन लाभ हुने दिन छ। आध्यात्मिक प्रवृत्ति र उपलब्धिहरू प्राप्त गर्नका लागि  राम्रो दिन रहेको छ । नया कार्य सुरु ग्रंको लागि राम्रो दिन रहेको छ। शत्रुले तपाईलाई हानि गर्ने कोशिश गर्नेछ । जलाशय र महिला वर्गबाट सचेत रहनुहोस्।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

दैनिक घटना चक्रको प्रवृत्ति परिवर्तन हुनेछ । तपाई मोज-मस्ती र मनोरन्जनको दुनियामा घुम्ने मुडमा हुनेछ । सार्वजनिक जीवनमा तपाइको मान-प्रतिष्ठा बढ्नेछ। प्रिय व्यक्तिको साथ भेट हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

जागिर गर्नेको लागि लाभ हुनेछ। आर्थिक लाको सम्भावना रहेको छ । घरमा शान्तिको वातावरण रहनेछ। जागिर गर्नेहरुले तपाईलाई सहयोग गर्नेछ। कार्यमा सफलता प्राप्त हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

 कला तथा साहित्यको क्षेत्रमा रुचि राख्ने व्यक्तिहरुले आफ्नो कार्यक्षेत्रमा विशेष योगदान दिन सक्नेछ। आफ्नो  रचनात्मक र सृजनात्मक शक्तिलाई परिचय दिन सक्नुहुनेछ। शेयरबाट लाभ हुनेछ। साथीहरुबाट लाभ हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

धेरै भावुक हुने स्वभाव भएकोले मानसिक असुविधा रहनेछ। आमाबाट धेरै प्रेम र भावानाको अनुभव हुनेछ। महिलाहरुको सौन्दर्य समान र कपडामा खर्च हुनेछ।  विद्यार्थिहरुको पढाईमा सफलता मिल्नेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

कार्यमा सफलता पाउनको लागि र महत्वपूर्ण निर्णय लिनको लागि उत्तम दिन रहेको छ । तपाइको विचारमा स्थिरता रहनेछ,जसबाट तपाई कुनै पनि काम राम्रोसँग समाधान गर्न सक्नुहुनेछ। कलाकारहरुलाई आफ्नो कला प्रदर्शन गर्ने मौका मिल्नेछ र त्यसको कदर पनि हुनेछ। जीवनसाथीको साथ धेरै निकटता रहेको अनुभव हुनेछ। साथीहरुको साथ छोटो यात्रा हुनेछ।

प्रकाशित : शुक्रबार, असार ०५, २०७७१५:२२

भोलि सूर्य ग्रहण: कुन प्रदेशबाट कतिखेर देखिन्छ सूर्यग्रहण ? यसो भन्छन् खगोलविद् !