जिब्रोमा चम्चा राखेर थाहा पाउनुहोस्, कतै तपाईलाई गम्भीर रोग त लागेको छैन ?

कुनै समयमा हाम्रो शरीरमा  अपत्यारिलो रोग लागेको हुन्छ तर हामी त्यसलाई पहिचान गर्न नसकेर बर्षौदेखि उक्त समस्यासंग गुज्रिरहेका हुन्छौं।  पछिल्लो समय यस्ता बिरामी पनि भेटिन्छन जो सालौंदेखि रोग बोकेर आफुलाई कमजोर बनाएर हिडिरहेका हुन्छन तथापी लाखौ प्रयास गर्दा पनि शरीरमा यसको लक्षण देखिदैन।

हाम्रो शरीरको महत्वपुर्ण अंगमध्येको एक हो लिभर र किड्नी यी दुवै अंगको कमजोरीले मानिसलाई मृत्युको मुखमा पुर्याउन सक्छ।  त्यस्तैमा थाईराइड र मधुमेहसम्बन्धि समस्या पनि आम समस्या बन्न पुगेको छ। यस्ता समस्या भएकाले बेला शरीरले सानातिना संकेत त् दिन्छा नै तर पनि यसलाई समयमा चिन्न नसक्दा बिकराल रुप लिन पनि सक्छ।

आज हामी चम्चाको प्रयोग गरेर तपाई कुन रोगसंग सामना गरिरहनु भएको छ भन्ने बारेमा बताउन जादै छौं। तपाई सोच्दै हुनुहुन्छ होला खाना खाने चम्चाले कसरी रोग पत्ता लगाउला भनेर तर धेरै नसोच्नुहोस यी बिधि अपनाउनु होस् र आफ्नो शरीरमा लागेको रोगको पहिचान आफै गर्नुहोस।

यस पद्धतिको सुरुवात सर्वप्रथम युनिभर्सिटी अफ टोरंटोका असिस्टेंट प्रोफेसर तथा मेडिकल जर्नलिस्ट डाक्टर जूलेन हूबरले गरेका हुन्।  उनले एक रिसर्चको क्रममा रोग पत्ता लगाउने सजिलो उपाय पत्ता लागेका थिए जुन पछिल्लो समय निकै नै लोकप्रिय रहेको छ।

यसरी गर्नुहोस चम्चाले टेस्ट 

यस टेस्टका लागि सर्वप्रथम एक चम्चा लिई जिब्रोमा र्याल नआउन्जेलसम्म रगड़ने।  र्यला निस्कीसके पछि चम्चालाई सफा पोलिथिनको प्लास्टिकमा प्याक गरि बत्तिको प्रकाश भएको स्थानमा राख्ने।  यस पश्चात प्राप्त भएको परिणामले जन्नुहोस तपाईलाई कस्तो रोग लागेको छ।

परिणाम 

-चम्चाबाट अमोनियाको गन्ध आएमा किड्नी या मुटुसम्बन्धी समस्या भएको र बिना गन्ध चम्चामा पहेलो देखिएको खण्डमा थाईराईड समस्या छ भन्ने बुझ्नु जरुरी छ।

-त्यस्तै चम्चामा सेतो तह देखिनुको मतलब शरीरमा कुनै प्रकारको इन्फेक्सन भएको र बैजनी बैजनी रंगले उच्च रक्तचाप र रक्तसंचारसम्बधी समस्या भएको संकेत गर्छ।

नोट ; माथि उल्लिखित सूचना केवल सुचनाका लागि मात्र हो। टेस्ट गर्दा निस्किएको परिक्षणलाई आधार मानेर आफ्नो स्वास्थ्य जांच गराउनु अघि बेलैमा बिज्ञ चिकित्सकको सल्लाह सुझाव र परामर्श लिनु आवश्यक छ।

प्रकाशित : शुक्रबार, असार ०५, २०७७१६:१९

च्युइङ्गम निल्यो भने के हुन्छ ? यस्तो रहेछ वास्तविकता !