के तपाईको हत्केलामा धेरै पसिना आउँछ ? सावधान ! यस्तो रोग लागेको हुन सक्छ…

पसिना आउनु एक सामान्य प्रक्रिया हो, जसले शरीरमा उपस्थित अनावश्यक र विषाक्त पदार्थ हटाउन मदत गर्दछ। सामान्यत: शरीरको केहि भागहरुमा अत्यधिक पसिना आउँने गर्छ, जस्तै काखी मुनि, ढाड र टाउको। तर त्यस्ता निकै थोरै मानिसहरु मात्रै हुन्छन जसको हातको हत्केलामा र खुट्टाको पैतालामा पनि पसिना आउने गर्दछ।

यदि तपाईको पनि  हत्केला र पैतालामा धेरै पसिना आउछ भने, यो जानकारी तपाईका लागि नै हो। सामान्य तापमानमा पनि हत्केला र पैतालामा पसिना आउनु कुनै सामान्य कुरा होइन। यसले कुनै रोगको लागी संकेत गर्दछ।

हुन सक्छ ‘हाइपरहाइड्रोसिस’

वास्तवमा, सामान्य वा कम तापक्रममा पनि पसिना आउनु, र विशेष गरि हत्केला र पैतालामा पसिना आउने समस्या ‘हाइपरहाइड्रोसिस’ नामक रोग पनि हुन सक्छ। कहिलेकाँही यो सामान्य पनि हुन सक्छ, तर यस तरिकाले बारम्बार पसिना आउँदा ‘हाइपरहाइड्रोसिस’ तिर संकेत गर्दछ। हत्केला र पैतालामा मात्र नभई पुरै शरीरमै अत्याधिक पसिना आउनु पनि यस रोग तर्फ इसारा गर्दछ।

सही कपडा लगाउनुहोस्

‘हाइपरहाइड्रोसिस’को उपचार सामान्यतया: ‘पसिना ग्रंथि’को अपरेशनद्वारा गरिन्छ। तर अत्यधिक पसिनाको समस्यालाई केही हदसम्म तपाई आफै कम गर्न सक्नुहुन्छ। यसको लागि तपाईले त्यस्ता लुगाहरु लगाउनु पर्छ, जसले पसिना सोस्नुका साथै छालाबाट हावा पनि आरपार गर्न मदत गर्दछ।

तनावको कारण पनि आउछ पसिना

पसिना आउने प्रक्रियाको सम्बन्ध बाहिरी मात्र नभई, आन्तरिक कारकका कारण पनि हुने गर्दछ। चिन्ता, डर र तनाव आदिमा समेत छालाबाट पसिना आउँने गर्दछ। यौवनावस्था सुरु हुने बेला, शरीरमा आउने ‘हार्मोन’ परिवर्तनको कारण करीव ३० लाख पसिना ग्रंथिहरू सक्रिय हुने गर्छ।
यो प्राय: सबैलाई हुन्छ। तर ‘हाइपरहाइड्रोसिस’ भएका मानिसहरुलाई सामान्य व्यक्तिहरु भन्दा बढी पसिना आउँछ।

हात र खुट्टा खुला राख्नुहोस्

हत्केला र पैतालामा पसिना आउनबाट जोगिनका लागि यसलाई खुला राख्न धेरै महत्त्वपूर्ण हुन्छ। दिनभर यदि मोजा र जुत्ता लगाएर बस्नुहुन्छ भने घरमा पूर्ण रूपमा खुला राख्नुपर्छ। यसका साथै समय पाउने बित्तिकै मोजा र जुत्ता खोलेर बस्नुहोस्। यसो गर्नाले पसिना कम आउछ र ब्याक्टेरिया पनि धेरै हुदैन।

प्रकाशित : शुक्रबार, असार ०५, २०७७१६:३२

एकदिनमा एक अनार: शरीरमा आउनेछन् नसोचेका यस्ता बदलाव !