यो त हामी सबैलाई थाहा छ कि हामी के खान्छौं, त्यसले निश्चित रूपमा हाम्रो शरीरलाई असर गर्छ। यदि हामी पौष्टिक आहार लिन्छौं भने हामी स्वस्थ रहन्छौं, तर हामीले केहि गलत खायौं भने त्यसलाई हाम्रो पाचन प्रणालीले पचाउँन सक्दैन, त्यसपछि हामी बिरामी हुन्छौं ।तर एक चिज हामी दैनिक खाइरहेका छौं त्यसले हाम्रो शरीरलाई ठूलो लाभ गर्छ। आज हामी अनारको कुरा गर्छौं । वर्ष २००४ मा गरिएको एक अनुसन्धानमा, दैनिक अनार खाँदा शरीरमा के परिवर्तन आउँछ र कस्तो फाइदा गर्छ भन्ने कुरा पत्ता लाग्यो ।

अनारको साना साना दाना निकै स्वादिष्ट र पौष्टिक हुन्छ । केही मानिस अनारको बोक्रा तासेर सिधै खान्छन्, जबकि कोही मानिसहरू अनारको जुस पिउँन मन पराउँछन्। तर अन्वेषकहरूले भने अनुसार अनारको जुस पिउनुको भन्दा दाना खानुको बढी फाइदा हुन्छ। यदि तपाईं प्रत्येक दिन अनार खानुहुन्छ भने, यस भित्र रहेका तत्त्वहरूले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न दिँदैन। कोलेस्ट्रोलले मुटुको धमनीमा फ्याट जन्म मद्दत गर्छ , जसले बिस्तारै मुटुमा समस्या हुन थाल्छ जसले गर्दा हृदयघातको शिकार हुन सकिन्छ । दैनिक अनारको सेवनले तपाईंलाई तनावबाट टाढा राख्छ। यससँगै, मुटुको नसामा उत्पन्न हुने समस्याहरूबाट पनि टाढा राख्छ ।

अनारको दाना खानु धेरै फाइदाजनक हुन्छ तर यसको जुस पिउँनु पनि कम फाइदाजनक भने छैन । सन् २००४ मा गरिएको एक अनुसन्धानमा यो पत्ता लागेको छ कि यदि मुटुको रोगीलाई एक वर्षमा अनारको जुस दैनिक खान दिइन्छ भने उसको रोग २९ प्रतिशतले कम हुन्छ। यो विज्ञानको नजरमा धेरै ठुलो कुरा हो । यसको मतलव औषधी र अनारको जुसको मद्दतले हृदय रोगीको समस्या चाडै निको हुनसक्छ। जून काम महँगो महँगो औषधि गर्न सक्दैन, त्यो अनारले गर्न सक्छ। त्यसैले दैनिक अनारको सेवन गर्नु हाम्रो स्वास्थको लागि धेरै नै लाभदायक छ ।

