एजेन्सी – भारतमा अहिले सम्मकै बढी कोरोना भाइरस संक्रमित फेला परेका छन्। बितेको २४ घण्टामा भारतमा अहिले सम्मकै बढी १४ हजार ७ सय २१ नयाँ संक्रमित फेला परेका छन्।
बितेको २४ घण्टामा भएको उच्च वृद्धिसँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ९५ हजार ८ सय १२ पुगेको छ। हाल भारत अति प्रभावित मुलुकको सूचीमा चौंथो स्थानमा छ। भारत भन्दा अगाडी रहेको रसियामा दैनिक ७ हजार हाराहारीमा संक्रमित फेला परेका छन्। यस हिसाबले रसिया भन्दा दोब्बर दैनिक संक्रमित फेला परिरहेको भारतले आउँदो केहि हप्तामै रसियालाई उछिन्ने देखिन्छ।
भारतमा बितेको २४ घण्टामा ३ सय ६६ जनाको ज्यान गएको छ। जससँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार ९ सय ७० पुगेको छ।
यस्तै भारतमा कोरोना भाइरस जितेर घर फर्किनेको संख्या पनि राम्रो रहेको छ। अहिले त्यहाँ सक्रिय संक्रमित भन्दा निको भएर घर फर्किनेको संख्या बढी छ।
कुल संक्रमित मध्ये २ लाख १४ हजार २ सय ६ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् भने सक्रिय संक्रमित १ लाख ६८ हजार ३ सय ३६ छन्।