ब्राजिलमा दैनिक संक्रमणमा रेकर्ड, एकै दिन थपिए आधा लाख भन्दा बढी कोरोना संक्रमित !

एजेन्सी – दैनिक कोरोना भाइरस संक्रमितको संख्यामा ब्राजिलमा नयाँ रेकर्ड बनेको छ। एकै दिन ५० हजार भन्दा बढी कोरोना भाइरस संक्रमित फेला परेसँगै दैनिक संक्रमणमा ब्राजिलको रेकर्ड बनेको हो।

बितेको २४ घण्टामा ब्राजिलमा ५५ हजार २ सय ९ कोरोना भाइरस संक्रमित फेला परेका छन्। यो संख्या एकै दिन कुनै पनि मुलुकमा फेला परेको कोरोना संक्रमितको हाल सम्मकै उच्च संख्या हो।

ब्राजिलमा पहिल्ला केहि हप्ता देखि कोरोना संक्रमितको संख्यामा उच्च वृद्धि भइरहेको छ। बिहिबार कोरोना संक्रमितको संख्यामा केहि कमी आएको भएता पनि शुक्रबार एका-एक दोब्बर भन्दा बढी संख्याले वृद्धि भएको छ। ब्राजिलमा अहिले सम्म १० लाख ३८ हजार ५ सय ६८ कोरोना संक्रमित फेला परिसकेका छन्।

यस्तै बितेको २४ घण्टामा ब्राजिलमा १ हजार २ सय २१ जना कोरोना संक्रमितको ज्यान गएको छ। यो संख्या कोरोनाका कारण भएको विश्वकै उच्च दैनिक मृत्यु हो। कोरोना भाइरस संक्रमणका कारण ब्राजिलमा अहिले सम्म ४९ हजार ९० जनाको ज्यान गइसकेको छ।

अहिले सम्म ब्राजिलका ५ लाख २० हजार ३ सय ६० संक्रमित निको भइसकेका छन् भने सक्रिय संक्रमित संख्या ४ लाख ६९ हजार १ सय १८ छन्। जस मध्ये ८ हजार ३ सय १८ जनाको स्वास्थ्य अवस्था गम्भीर छ।

प्रकाशित : शनिबार, असार ०६, २०७७०३:३९

एसइई बारे दीर्घकालीन नयाँ व्यवस्था गरिँदै, कानून परीवर्तनको तयारी !