आज ३ सय ३१ जनामा कोरोनाको पुष्टि !

काठमाडौँ – शनिबार ३ सय जना भन्दा बढीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट ३ सय ३१ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बितेको २४ घण्टामा ३ सय ३१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए। यससँगै नेपालमा संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ।

यस्तै बितेको २४ घण्टामा नेपालका १ सय ७६ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन्। शनिबार डिस्चार्ज हुनेहरुमा १८ जना महिला र १ सय ५८ जना पुरुष रहेका छन्। यससँगै कोरोनालाई जितेर घर फर्किनेको संख्या १ हजार ५ सय ७८ पुगेको छ। अहिले सम्म १ हजार ४ सय ३७ जना पुरुष र १ सय ४१ जना महिला कोरोना जितेर फर्किसकेका छन्।

हाल सम्म नेपालमा १ लाख ५९ हजार १ सय ६५ पिसिआर परीक्षण र २ लाख ५२ हजार ३ सय आरडीटि परीक्षण भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार बितेको २४ घण्टामा ७ हजार ४ सय १६ पिसिआर परीक्षण र ४ हजार ४ सय २६ आरडीटि परीक्षण भएको छ।

क्वारेन्टाइनमा १ लाख २ हजार २ सय ४५ र आइसोलेसनमा ७ हजार ५ जना रहेको पनि उनले जानकारी दिए।

प्रकाशित : शनिबार, असार ०६, २०७७१०:४२

काठमाडौँ उपत्यकामा थप ८ जनामा कोरोनाको पुष्टि !