काठमाडौँ – जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले भारतकै कारण मधेशीहरु सुरक्षित भएको बताएकी छन्।
शनिबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रस्तावित नागरिकतासम्बन्धी विधेयकमा वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न विवाह भएको सात वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था राख्ने गरी विधेयक अघि बढाउने निर्णय गरेसँगै गिरीले यस्तो बताएकी हुन्। मधेशको दक्षिणमा भारत नभएको भए भुटानबाट नेपाली लखेटिए जस्तै मधेशीहरु हालत हुन्थ्यो भन्ने उनले ट्वीटरमा उल्लेख गरेकी छन्।

“नेपालको मधेशको दक्षिणमा भारत न भई दिएको भए अधिकांश मधेशीलाई यहाँबाट त्यसरी नै लखेटेर भगाइन्थ्यो जसरी भूटानबाट नेपाली लाई लखेटी भगाइएको थियो ।”,ट्वीटरमा उनले लेखेकी छन्।

आफ्नो भोगाई र बुझाईले यस्तो कुरा थाहा हुन आएको उनको भनाई छ। नागरिकतासम्बन्धी विधेयकमा वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न विवाह भएको सात वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था पनि मधेशीलाई लखेट्न नै ल्याउन आँटिएको उनी बताउँछिन्।
यस्तो छ उनको ट्वीट –

“नेपालको मधेशको दक्षिणमा भारत न भई दिएको भए अधिकांश मधेशीलाई यहाँबाट त्यसरी नै लखेटेर भगाइन्थ्यो जसरी भूटानबाट नेपाली लाई लखेटी भगाइएको थियो । यो मेरो भोगाई र बुझाई छ । अहिलेको नागरिकता विवाद पनि त्यस उद्देश्यका लागि नै जन्माइएको छ ।”

