सूर्यग्रहण २०७७ : भुलेर पनि नगर्नुहोस् यी ०७ कामहरु !

काठमाडौँ – असार ७ गते आइतबार आषाढ कृष्ण औँसीका दिन खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्ने छ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट ग्रहण देखिने उनले बताए। ज्योतिषाचार्यका अनुसार यस दिन भुलेर पनि यी कामहरु गर्नुहुदैन। अन्यथा जिन्दगीभर यसको अशुभ प्रभाव पर्नेछ।

  • यस सूर्यग्रहणलाई नाङ्गो आँखाले हेर्नुहुदैन। यदि तपाईले हेर्नुभएमा तपाईको आँखा बिग्रन सक्ने खतरा हुन्छ। यसका लागि एक विशेष किसिमका चस्मा लगाएर सूर्यग्रहण हेर्न सकिन्छ।
  • वृद्ध, अशक्त र बालबालिका बाहेक अरु कसैले पनि ग्रहण कालमा भोजन नगर्नुहोला।
  • काम वासनाको प्रवृत्ति हुनु हुँदैन। यसले तपाईको जीवनमा नकारात्मक प्रभाव पार्नेछ।
  • यस दिन साधु सन्तहरुको मजाक उडाउनु हुदैन। यसले तपाईको सफलतामा खराब प्रभाव पार्छ।
  • गर्भवती स्त्रीको सन्तानको सुरक्षाको लागि ग्रहण कालमा बाहिर निस्कनुहुदैन। साथै कुनै पनि सागसब्जी या खाद्यपदार्थ नकाट्नुहोला।
  • ग्रहणको समयमा मन्दिरको द्वार पनि बिल्कुल खुला नराख्नुहोला। भगवानलाई पनि ग्रहणको दर्शन दिनु हुदैन। यदि तपाईले मन्दिरको ढोका खुल्लै राख्नुभएमा घरमा सुख समृद्धि कहिल्यै आउँदैन।
  • कुनै पनि खाद्य वस्तुहरू खुल्ला नराख्नुहोस्। साथै खाद्य वस्तुहरूमा तुलसीको पात अनिवार्य राख्नुहोस्। यसले घरमा नकारात्मक ऊर्जा ल्याउँदैन।
प्रकाशित : शनिबार, असार ०६, २०७७१५:१२

ग्रहण सकिने बितिकै तुलसीको यस उपाय प्रयोग गरि बन्नुहोस् शुद्ध र धनवान !