काठमाडौँ – असार ७ गते आइतबार आषाढ कृष्ण औँसीका दिन खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्ने छ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट ग्रहण देखिने उनले बताए।
शास्त्रीय मान्यता अनुसार असार ६ गते राति १०ः५० देखि बाल, वृद्ध र बिरामी बाहेक अरुलाई भोजन निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता छ । ग्रहणका बेला सकेसम्म तीर्थ स्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी र सो सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । ग्रहणका बेला गर्नु हुने र नहुने अन्य कामलाई ग्रन्थमा उल्लेख गरिएको छ ।
धार्मिक मान्यता अनुसार ग्रहणको समयमा इष्ट देवको मन्त्र जप गर्नु धेरै शुभ मानिने गरिन्छ। सूर्य ग्रहणको समयमा केही शास्त्रीय उपाय प्रयोग गरेमा अत्याधिक लाभ मिल्ने कुरा धार्मिक शास्त्रमा उल्लेख गरिएको छ। ग्रहणको समयमा जे-केही पनि शुद्ध गर्नको लागि तुलसीको पात प्रयोग गर्न सकिने कुरा धार्मिक शास्त्रहरुमा उल्लेख गरिएको छ। तुलसीको पात प्रयोग गर्दा नकारात्मक उर्जा हटेर जाने हुन्छ।
यस्तो उपायले धेरै लाभ दिलाउन सक्छ।
सिक्कालाई पहिला धोएर शुद्ध बनाउनुहोस्। अनि सिक्कालाई सुन-पानिले अझ शुद्ध बनाउनु होस्। त्यस पश्चात तुलसीको ११ पात हरियो कपडामा राखेर सिक्का सहित पोको बनाउनुहोस्। त्यस शुद्ध पोकोलाई पानिको भाँडोमा राखेर परिवारका सम्पूर्ण सदश्यले मुख धुँदा अथवा उक्त पानि प्रयोग गरेर शुद्ध बन्दा अनेक प्रकारको लाभ मिल्ने धार्मिक विश्वास रहेको छ।
यसरि शुद्ध बनाइएको पानिले स्नान गरेमा लक्ष्मीको साथ मिल्ने धार्मिक विश्वास रहेको छ । साथै परिवारमा उन्नति छाउने धार्मिक विश्वास रहेको छ ।