ग्रहणको नाम सुन्ने बित्तिकै किन डराउँछन् गर्भवती महिला ? यस्ता छन् कारण

काठमाडौँ : सूर्यग्रहण र चन्द्रग्रहणबारेमा गर्भवती महिलाहरु केही चिन्तित देखिन्छन् जबकि ग्रहण एक भौगोलिक घटना हो। आखिर किन ग्रहणको नाम सुन्ने बित्तिकै गर्भवती महिला र उनका परिवार चिन्तित रहन्छन्।

• आँखा र कलेजोको समस्या

वास्तवमा पुराणको मान्यता अनुसार राहुले चन्द्रमालाई र केतुले सूर्यलाई ग्रस्त पार्दछ। यी दुवै छायाँका सन्तान हुन्। चन्द्रमा र सूर्यको छायाँ सँग-सँगै चल्छन्। चन्द्र ग्रहणले मानिसको सोच्ने शक्ति कम हुन्छ जबकि सूर्य ग्रहणको समय आँखा र कलेजोको समस्या हुन्छ। यसकारण घरका ठुला-बडा मानिसहरु गर्भवती स्त्रीलाई सूर्यग्रहण नहेर्न सल्लाह दिन्छन् किनकी यसको दुष्प्रभावले शिशु विकलांग बन्न सक्छन्।

• गर्भपातको सम्भावना

यो भनिएको छ कि जब अन्तरिक्षमा यो घटना हुन्छ तब त्यहाँबाट अत्यधिक उर्जा निस्कन्छ। यो उर्जा पेटमा रहेका बच्चाको लागि नोक्सानदायक हुन सक्छ । जसको कारण गर्भपात हुन् सक्ने सम्भावना बढ्छ। यस कारण गर्भवती महिलालाई सूर्यग्रहणबाट टाढा रहन सुझाव दिईन्छ।

• खाना खानबाट रोकिन्छ

केही स्थानहरुमा गर्भवती स्त्रीलाई खान-पिउन दिईदैन। यदि ग्रहण लामो भएमा स्थिति बिग्रन्छ किनकी गर्भवती महिलाले हरेक दुई घण्टामा खाना खानु पर्छ। यसै कारण चिकित्सकहरु यी कुराहरुलाई बिल्कुलै मान्दैनन्।

• गर्भवती महिलाको पेटमा गोबर र तुलसीको लेप

गोबर र तुलसीलाई ठण्डाको श्रोत मानिन्छ। यसकारण प्राय: घरका बुढी आमाहरु सूर्यग्रहणको समयमा गर्भवती महिलाको पेटमा गोबर र तुलसीको लेप लगाउँछन्। जसको कारण हुने वाला बच्चाको शरीरले ठण्डा मिल्छ।

• कैंची या चक्कुको प्रयोग वर्जित

ग्रहणको समयमा गर्भवती महिलालाई कैंची या चक्कुले कुनै पनि चिज काट्न दिईदैन र कपडा सिलाउन पनि निषेधित गरिएको छ किनकी यस्तो मान्यता छ कि यस्तो गरेमा शिशुको अंग या काटिन्छ या जोडिन्छ।

• सिर्फ अन्धविश्वास हो अरु केही होइन

तर वैज्ञानिक र डाक्टरहरु यी कुराहरुका बिल्कुलै ख्याल/मतलब राख्दैनन्। उनीहरुका अनुसार यो एक खगोलिय घटना हो जसको असर ब्रह्माण्डमा आंशिक रुपमा हुन् सक्छ तर व्यक्ति विशेष यसको असर हुँदैन, जुन नियम-कानुनहरु बताईएको छ यी सबै मानिसहरुले आफ्नो हिसाबले बनाएका हुन्।

प्रकाशित : शनिबार, असार ०६, २०७७१५:२५

सर्वगुणी बेसारः महिमा अपार !