काठमाडौँ – जून २१, आज वर्षकै लामो दिन रहेको छ। सूर्योदय र सूर्यास्तबीचको समय अनुसार आजको दिन लगभग १४ घण्टा हुनेछ। हरेक वर्ष जून २०, २१ र २२ तारिख मध्ये एक दिन वर्षकै लामो दिन हुने गर्छ। यसपालि जून २१ वर्षकै लामो दिनको रुपमा रहेको छ।
आइतबार काठमाण्डाैमा ५ बजेर ९ मिनेट जाँदा सूर्याेदय भएकाे र साँझ ७ बजेर ३ मिनेटमा सूर्यास्त हुने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको ढल्काइका कारण सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले आजको दिन सबै भन्दा लामो रहनेछ। भोलिबाट क्रमस रात लामो र दिन छोटो हुने प्रक्रिया शुरु हुनेछ।
आजको दिन पृथ्वीको दक्षिणी गोलार्द्धमा दिन छोटो र उत्तरी गोलार्द्धमा दिन लामो हुन्छ। वर्षकै लामो दिन पछि मनसुन औपचारिक रुपमा शुरु भएको मान्ने चलन पनि छ। डिसेम्बर २१ तारिखलाई भने वर्षकै छोटो दिन मान्ने गरिन्छ। यस दिन सूर्यको प्रकाश पृथ्वीमा कम पर्छ।

यस्तै आज सूर्य ग्रहण पनि परेको छ। आज खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्दैछ। ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्ने छ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्नेछ। तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट ग्रहण देखिनेछ।

