काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष कमल थापाले प्रस्तावित नागरिकतासम्बन्धी विधेयकको विषयमा कांग्रेसको ताल देखेर आश्चर्य लागेको बताएका छन्।
आइतबार सामाजिक संजाल ट्वीटर मार्फत टिप्पणी गर्दै नागरिकतासम्बन्धी विधेयकको विषयमा कांग्रेसले प्रतिक्रिया जनाइरहेको देखेर आश्चर्य लागेको बताएका हुन्।
थापाले १ अर्ब ३० करोड जनसंख्या भएको भारतमा भारतीय नागरिकसँग विवाह गर्नेले नागरिकताको लागि दरखास्त दिन कम्तिमा ७ वर्ष पर्खनु पर्ने व्यवस्था रहेको उल्लेख गरेका छन्। तर, नेपालमा सोहि प्रकारको व्यवस्था राख्न खोज्दा विरोध भैरहेको प्रति उनले आश्चर्य व्यक्त गरेका छन्।
“१ अर्ब ३० करोड जनसंख्या भएको भारतमा भारतीय नागरिकसंग विवाह गर्नेले नागरिकताको लागि दरखास्त दिन कम्तिमा ७ बर्ष पर्खनुपर्छ। ३ करोड जनसंख्या हुने नेपालले ७ बर्षको आधार राख्न खोज्दा बिरोध गर्नु आश्चर्यजनक छ। के ‘रोटीबेटी’को चिन्ता नेपाललाई मात्र हो? यस बिषयमा कंग्रेसको ताल देखेर आश्चर्य लाग्छ”,थापाले ट्वीट गर्दै लेखेका छन्।
१अर्ब ३०करोड जनसंख्या भएको भारतमा भारतीय नागरिकसंग विवाह गर्नेले नागरिकताको लागि दरखास्त दिन कम्तिमा ७बर्ष पर्खनुपर्छ।३करोड जनसंख्या हुने नेपालले ७बर्षको आधार राख्न खोज्दा बिरोधगर्नु आश्चर्यजनक छ।के ‘रोटीबेटी’को चिन्ता नेपाललाई मात्र हो?यस बिषयमा कंग्रेसको ताल देखेर आश्चर्य लाग्छ
— Kamal Thapa (@KTnepal) June 21, 2020
१अर्ब ३०करोड जनसंख्या भएको भारतमा भारतीय नागरिकसंग विवाह गर्नेले नागरिकताको लागि दरखास्त दिन कम्तिमा ७बर्ष पर्खनुपर्छ।३करोड जनसंख्या हुने नेपालले ७बर्षको आधार राख्न खोज्दा बिरोधगर्नु आश्चर्यजनक छ।के
‘रोटीबेटी’को चिन्ता नेपाललाई मात्र हो?यस बिषयमा कंग्रेसको ताल देखेर आश्चर्य लाग्छ— Kamal Thapa (@KTnepal) June 21, 2020
‘नेपाल नागरिकता एैन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ ०७५ साउन २२ गते संसदमा दर्ता भएपनि दलहरुबीच सहमति जुट्न सकेको छैन । विदेशी बुहारीलाई कसरी नागरिकता दिने भन्ने बारेमा दलहरुबीच मतभिन्नता रहेको छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विवाहको सात वर्षसम्म नेपाल बसेपछि मात्र अंगीकृत नागरिकता दिनुपर्ने पक्षमा आधिकारीक निर्णय गरिसकेको छ । नेपाली कांग्रेस र मधेशवादी दलले भने विवाह लगतै अंगीकृत नागरिकता दिनुपर्ने अडान राख्दै आएका छन् ।
संविधानको धारा ११(६) को व्यवस्था अनुसार नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानून बमोजिम नेपालको अंगीकृत नागरिकता लिन सक्नेछ ।
नेपाल नागरिकता ऐन २०६३ मा पनि नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा तोकिएको अधिकारी समक्ष तोकिएको ढाँचामा निवेदन दिनु पर्ने उल्लेख छ । त्यसरी निवेदन दिँदा नेपाली नागरिकसँग भएको वैवाहिक सम्बन्धको र आफूले विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पनि साथै पेश गर्नु पर्ने उल्लेख छ ।

