शरीरमा सेता रक्तकोषको मात्रा बढाएर हरेक रोग विरुद्ध बलियो बन्नु छ ? छ भने यसो गर्नुहोस् !

यदि शरीरमा सेता रक्तकोषको मात्रा कम भयो भने शरीरमा अनेक इन्फेक्सन हुने खतरा हुन्छ।  सेता रक्तकोषको निर्माण बोनम्यारो हुन्छ।  यो शरीरको रोग प्रतिरक्षा प्रणालीको लागि पनि आवश्यक छ।  एक स्वस्थ मानिसको शरीरमा एक माईक्रोमिटर रगत बराबर ४५०० देखि ११००० सम्म सेता रक्तकोष हुने गर्छ। त्यसैले शरीरमा सेता रक्तकोषको मात्रा बृद्दि गर्नका लागि कस्ता कस्ता आहाराको सेवन गर्नु पर्छ त ?

अदुवा तथा लसुनको सेवन

शारीरिक स्वास्थ्यका लागि पनि दैनिक खाने खानामा अदुवा तथा लसुनको प्रयोग गर्नु पर्दछ। यी दुबैमा शरीरको रोग प्रतिरोधात्मक क्षमताको बढाउने तथा सेता रक्तकोष मात्रा बढाउने  तत्व पाइन्छ। साथै अदुवाले शरीरको तापमान समेत घटाउन सहयोग गर्छ।

बदामको प्रयोग 

बदामको सेवन शरीर र स्वास्थ्य दुबैका लागि अत्यन्तै लाभदायक छ। यदि शरीरमा सेता रक्तकोषको मात्रा कम छ भने प्रत्येक दिन ८ देखि १० दाना बदाम खानु आवश्यक हुन्छ।

बेसार

खाना बनाउदा जहिले सुकै पनि बेसारको प्रयोग गर्नु पर्दछ।  यसले ब्लड प्रेसर, अस्टियोपोरोसिस यानकी हड्डी कमजोरी हुने जस्ता जटिल समस्याबाट छुटकारा दिलाउछ। बेसारमा कर्क्युमिन तत्व पाईन्छ जसले शरीरको रक्षा गर्नमा अहम भूमिका निर्वाह गर्दछ।

अमिला फलफुल

अमिला फलफुलमा प्रचुर मात्रामा भिटामिन सी पाइन्छ।  भिटामिन सीले शरीरमा सेता रक्तकोषको मात्रा बढाउनमा मदत गर्छ। त्यसैले  अमिला फलफुलको सेवन गर्नाले शरीरमा रोग प्रतिरोधात्मक क्षमता संग लड्ने सामर्थ्य राख्दछ।

प्रकाशित : आइतबार, असार ०७, २०७७१४:३१

बिहान उठ्ने बितिकै खाली पेटमा नरिवलको पानीमा मह मिसाएर पिउनुहोस्, मिल्नेछन् यस्ता फाइदा !