हरेक दिन खाली पेटमा नरिवल पानीको सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। यसमा अत्यधिक मात्रामा रहेको पौष्टिक तत्वले गर्दा प्रदुषित वातावारणमा पनि नरिवल पानीको सेवनले स्वास्थ्यमा राम्रो प्रभाव पार्दछ। साथै यसले किटाणुहरुलाई पनि शरीरबाट बाहिर निकाल्ने गर्दछ। नरिवल पानीले शरीरको रक्षा गर्नमा समेत मद्दत पुर्याउछ।
हरेक दिन बिहान एक ग्लास पानीमा एक चम्चा मह मिसाएर खानाले शरीरमा आवश्यक पौष्टिक तत्व प्राप्त हुन्छ।
आखिरमा बिहान खाली पेटमा नरिवल पानी मा मह मिसाई खानुका मुख्य फाइदाहरु के के छन त ?
पाचन क्रियामा सहयोगी
नरिवलको पानी र महको सेवनले पेट सम्बन्धि समस्या , ग्यास्ट्रिक , अम्ल जस्ता पाचन सम्बन्धी समस्याहरुको समाधान गर्नमा बिशेष भूमिका निर्वाह गर्दछ। यस प्राकृतिक पेय पदार्थमा पेट सम्बन्धि बिभिन्न एसिड को निदान गर्ने क्षमता हुन्छ।
रोग प्रतिरोधात्मक क्षमतामा बृद्दि
नियमित रुपमा नरिवलको पानीमा मह मिसाई सेवन गर्नाले शरीरमा अनावश्यक रोग संग लड्ने क्षमतामा सहयोग गर्दछ। यसमा भिटामिन सी र एन्टी अक्सिडेन्ट हुने भएकाले इम्यून सिस्टम बलियो बनाई राख्छ।
एन्टी एजिङ्ग
उमेर बढे संगै हाम्रो छालाहरु क्रमश चाउरिदै जान्छन। तर आजभोली विविध कारणले गर्दा उमेर नै नपुगी छालामा चाउरीपन देखिन थालेको छ। यसका लागि हरेक दिन नरिवल पानीको सेवन गर्नु उपयुक्त मानिन्छ।
कब्जियतबाट छुटकारा
नरिवल र मह मिश्रित पानीमा पाचन र पाचन सम्बन्धि स्वास्थ्यमा सुधार गर्ने बिशेस गुण हुन्छ। त्यसैले गर्दा यसमा कब्जियतबाट छुटकारा पाउने क्षमता रहेको हुन्छ।यसमा पाइने फाइबरले कब्जियत सम्बन्धि आएका हरेक समस्यालाई लुब्रिकेट जसरी काम गर्ने गर्दछ।

