यस राशिका मानिसहरु रिसाहा स्वभावका रहने गर्छन्। अहंकारले भरिपुर्ण रहने यस जातिका मानिसहरुको आफ्नो स्वाभिमानमा अलिकति पनि सम्झौता गर्न मान्दैनन। आफ्नो क्षमता र ज्ञानमा विश्वास गर्ने यस राशिका मानिसहरु प्राय अरुको सहयोगको अपेक्षा खासै राख्ने गर्दैनन्। कलाकारिताको मामलामा आघि हुने यस राशिका मानिसहरु प्राय रचनामा पनि केन्द्रित रहने गर्छन। साथै सुन्दर व्यक्तित्वको कारण पनि घमण्डी रहने यस राशिका मानिसहरु प्राय घुम-फिर गर्न खासै रुचाउने गर्दैनन्। आफ्नै निर्णयहरूमा चल्न चाहन्छन्। साथै अरुलाई सल्लाह दिने विषयमा पनि अगाडी रहने गर्छन। तर अरुको अलिकति पनि आफुमा नियंत्रण मन पराउने गर्दैनन्।
यस राशिका केहि गुणहरु निम्न उल्लेखित रहेका छन्।
तत्व :
अग्नि
गुण :
स्थिर; पुरुषत्व; सकारात्मक
स्वामी ग्रह :
सूर्य
यस राशिका व्यक्तिको प्रेमको बारेमा हुने खासियत:
आफैमा भरोसा साथै आफ्नो प्रेमीमा विश्वास,धोका मिल्नेमा आफैमा सम्हालिन सक्ने क्षमता
यस राशिले प्रेमको बारेमा सुधार्नु पर्ने:
नम्रता साथै विनम्रता रहने बानि बसाल्नु पर्ने, प्रेमबाट केहि पाउन खोज्ने बानि छोड्नु पर्ने
प्रेम आचरण :
यस राशिका मानिसहरु प्रेमको मामलामा उत्साही रहने गर्छन। साथै प्रेमीको हेरचाहमा धेरैनै ध्यान दिने गर्छन्। प्राय प्रेमीको चाहना पुरा गर्न पछी नहट्ने यस राशिका मानिसहरु निर्णय गर्दा भने हतार गर्ने हुँदा सम्बन्ध बिग्रन सक्ने देखिन्छ। प्रेम देखाउन हातर गर्ने यस राशिका मानिसहरु प्राय प्रसंशाको आशमा रहने गर्छन्। यस राशिका मानिसहरुसंग राम्रो जीवन साझेदार बन्न सक्ने सबै गुणहरू प्रसस्थै रहने हुन्छ। प्रेममा पूर्णतया सहयोगी र शक्तिशाली र मित्रवत व्यवहारमा विश्वास गर्ने यस राशिका मानिसहरु संग सम्बन्ध टुटेमा फेरी सम्बन्ध जोड्न खासै मतलब राख्ने गर्दैनन्। सकेसम्म प्रेममा वफादार,उत्कृष्टता, अधिकतम प्रेम दर्साउन सक्छन। प्रेमी रिसाएमा फकाउन समेत खप्पिस रहने हुन्छन।