विदेशी बुहारीलाई नागरिकता: “दिल्ली ले सहयोग गर्यो, माओवादीले घात गर्यो” – सरिता गिरी !

काठमाडौँ – जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले पूर्व माओवादीका नेताहरुले आफूलाई धोका दिएको आरोप लगाएकी छन्।

सोमबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट सांसद रहेकी पम्फा भूसाललाई लक्षित गर्दै आफूहरुलाई धोका दिएको आरोप लगाएकी हुन्।

तात्कालिन माओवादीलाई शान्ति प्रक्रियामा ल्याइनु अहिले आएर गलत सावित भएको उनको तर्क छ। माओवादीलाई खत्तम हुन नदिएर शान्ति प्रक्रियामा ल्याइनु नै आफ्नो सबै भन्दा ठूलो भुल हो भने उनको भनाई छ।

तत्कालीन राजा, कांग्रेस र एमाले माओवादीलाई बलबाटै परास्त गर्ने कुरामा एकजुट भएका बेला आफूहरुको तत्कालीन नेपाल सद्भावना पार्टीकै अडानको कारण माओवादीलाई शान्ति प्रक्रियामा ल्याइएको उनले ट्वीटरमा उल्लेख गरेकी छन्।

“मा. पम्फा भूसाल जी , दिल्ली को १२ बुँदे समझौता त पछि भयो । जब तत्कालीन राजा, कांग्रेस र एमाले ब-न्दुकबाट माओवादी सिध्याउन एक थिए, त्यस बेला तत्कालीन नेपाल सद्भावना पार्टीले नै सब भन्दा पहिला माओवादीलाई शान्ति वार्तामा ल्याउन माग र अडान राखेको थियो। पछि पाँच आन्दोलनरत दलहरुले संघर्ष गर्दा तपाई हरु शान्ति प्रक्रिया र संसदमा आउनु भयो । त्यो हाम्रो सबै भन्दा ठूलो भूल थियो । आज मधेश पश्चाताप गर्दैछ तर संघर्ष मा पनि छ ।”,ट्वीटरमा उनले लेखेकी छन्।

आफूहरु तत्कालीन नेपाल सद्भावना पार्टीले भूमिका नखेलेको भए माओवादीको श्रीलंकामा तामिल टाइगर्सको हालत भएजस्तै हुन्थ्यो भन्ने सांसद गिरीको दावी छ।

“श्रीलंकामा ब-न्दुकधा-रीहरुको अन्त्य कसरी भएको थियो भन्ने कुरा माओवादीलाई जानकारी पक्कै पनि होला। हामीले सहयोग गर्यौं, दिल्ली ले सहयोग गर्यो। तर, तपाईहरुले ले घात गर्नभयो”,उनले लेखेकी छन्।

किन पम्फा भूसाल प्रति लक्षित गरिन्।

“भारतीय चेली-बेटीलाई सजिलै नागरिकता दिँदा के हुन्छ सरिता गिरीले देखाइदिइन्”

केहि समय अगाडी राज्य व्यवस्था समितिमा नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै भूसालले मानताको कुरा राष्ट्रियताभन्दा ठूलो नहुने बताएकी थिइन्।

“विदेशी बुहारीलाई सहजै ढंगले नागरिकता दिने कुरा स्वीकार्न सकिँदैन। यस मामिलामा अरु देशको कुरा उठाएर निर्णय गर्न सकिँदैन। गर्नु हुन्‍न नै। हामीलाई पछिल्लो परिघटनाले महिला उदार हुनुपर्छ भन्‍ने कुराको खण्डन गरेको छ।”,उनले भनेकी थिइन् ,”विदेशी बुहारीप्रति उदार हुनुपर्छभन्दा नहुने कुरा रहेछ। त्यो संख्या बहुमत भएको भए नयाँ नक्सालाई आधिकारिकता दिन यस पटक गरिएको संविधान संशोधन के हुन्थ्यो होला? हामीलाई सांसद गिरीको व्यवहारले झस्काएको छ।”

प्रकाशित : सोमबार, असार ०८, २०७७०४:४३

कंक्रिट सहरका हराभरा कौसी !