कोरोना संक्रमितको उपचारमा नयाँ औषधि, केहि हप्तामै भारतमा उपलब्ध !

एजेन्सी – औषधी कम्पनी ग्लेनमार्क फार्मास्यूटिकल्सले कोरोना भाइरसको उपचार गर्न नयाँ औषधि ल्याएको छ। कोरोना भाइरस संक्रमणका सामान्य बिरामीहरुको लागि ग्लेनमार्क फार्मास्यूटिकल्सले नयाँ औषधि ल्याएको हो। ग्लेनमार्क फार्मास्यूटिकल्स भारतीय औषधि निर्माण तथा अनुसन्धान कम्पनि हो।

अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार ग्लेनमार्कले उक्त औषधि मधुमेह र हृदय रोगबाट पीडित कोरोना संक्रमणका सामान्य लक्षण भएका बिरामीहरूका लागि ल्याएको हो। औषधि भारतमा प्रति ट्याब्लेट भारतीय १ सय ३ रुपैंयामा उपलब्ध गराइने कम्पनिको दावी छ। फेविपिराभिर नाम दिइएको उक्त औषधि ट्याब्लेटमा भने र हरेक ट्याब्लेट २०० एमजी हुने बताइएको छ।

कम्पनिले पहिला भारतको लागि औषधि उपलब्ध गराउने बताएको भारतीय संचार माध्यमहरुले जनाएका छन्। कम्पनि शुरुमा ८० हजार बिरामीको लागि उक्त औषधि उपलब्ध गराउन सक्ने स्थितिमा छ। आवश्यकता अनुसार आफूहरु औषधिको उत्पादन बढाउने योजनामा रहेको कम्पनिले दावी गरेको भारतीय संचार माध्यमहरु जनाउँछन्।

ग्लेनमार्क फार्मास्यूटिकल्सले औषधि निर्माणको लागि अनुमति पाइसकेको छ। भारतीय औषधि महानियंत्रक (डीजीसीआई)ले फेविपिराभिरको निर्माण गर्न ग्लेनमार्कलाई अनुमति दिएको हो। उत्पादन शुरु भइसेको हुँदै आउँदो केहि हप्तामै भारतभर औषधि उपलब्ध हुने कम्पनिको दावी छ।

क्लिनिकल परीक्षणहरूमा फाबिफ्लुले कोरोना भाइरसको हल्का संक्रमणबाट पीडित बिरामीहरूमा राम्रो असर देखाएको बताइन्छ।

प्रकाशित : सोमबार, असार ०८, २०७७०५:५८

कोरोनिल: सामाजिक संजालमा रामदेवको व्यापक ट्रोल, दिइयो आइन्स्टेइन्डदेवको संज्ञा !