काठमाडौँ – नेपालका कारण भारतको बिहार डुबानमा पर्न लागेको भारतीय संचार माध्यमहरुले आरोप लगाएका छन्। नेपाल सरकारले गण्डक बाँधको मर्मत गर्ने अनुमति नदिएका कारण बिहार डुब्ने अवस्था आएको उनीहरुको आरोप छ।
बिहारका जलस्रोत मन्त्री संजय कुमार झाले गण्डक बाँधको मर्मत कार्यलाई अनुमति नदिएका कारण बिहार डुब्न सक्ने बताएको समाचारहरुमा उल्लेख छ।

“नेपालका कारण बिहारको ठूलो हिस्सा डुब्न सक्ने खतरा बढेको छ। बिहारका जलस्रोत मन्त्री संजय कुमार झाले गण्डक बाँधको मर्मत कार्य गर्न नेपालले अनुमति नदिएको बताए। नेपालले लाल बकेया नदीमा बनिरहेको तटबन्धको काम नेपाल सरकारले रोकेको छ। जबकी लाल बकाया नदी ‘नो म्यानज लन्ड’ को हिस्सा हो”,एक भारतीय संचार माध्यमले लेखेको छ।
गण्डक ब्यारेजको ३६ मध्ये १८ द्वार नेपालमा पर्छन् भने द्वार भारतमा। भारतले आफ्नो तर्फको १८ द्वार को मर्मत गरिसकेको भए पनि नेपालले बखेडा झिकेका कारण अन्य द्वारको मर्मत हुन सकेको भारतीय संचार माध्यमहरु जनाउँछन्।

यस्तै सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल खटाएर कडाई गरेको विषयलाई पनि भारतीय संचार माध्यमहरुले प्राथमिकता दिएका छन्। कालापानी विवादका कारण नेपालले अन्य सीमा क्षेत्रमा अनावश्यक विवाद गरिरहेको भारतीय संचार माध्यमहरुको आरोप छ।
नेपालको तर्फबाट भइरहेको अवरोधको समयमै सम्वोधन नभए बिहारको ठूलो हिस्सा डुब्ने भारतीय पक्षको चिन्ता छ।
If our engineers will not have access to flood-fighting material there then repair work of the dam will be affected, it will raise a serious problem in case water level of Gandak river increases due to heavy rainfall in Nepal: Sanjay Jha, State Minister for Water Resources.#Bihar pic.twitter.com/IKA4pb0SuE
— ANI (@ANI) June 22, 2020

