आज असार ९ गते मंगलबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

यसदिन तपाइले चिन्ताको अनुभव गर्नुहुनेछ। यसदिन कसैको साथ विवाद नगर्नुहोस। नया कार्यको सुरुवात गर्दा  सफलता प्राप्त हुदैन।  जीवनसाथीको स्वास्थ्यको विषयमा चिन्ता रहनेछ।  महिला मित्रबाट हानि हुनसक्नेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

आर्थिक कारोबारमा सुरुमा केही अवरोधका साथ पूर्ण हुनेछ। तपाई साथीहरू र शुभचिन्तकलाई भेटेर रमाउनुहुनेछ। व्यावसायिक क्षेत्रमा सहयोगीपूर्ण वातावरण रहनेछ । शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ। यसदिन तपाई नया कार्यको सुरुवात गर्न सक्नुहुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाइको दिनको सुरुवात  शारीरिक र मानसिक स्वस्थताको साथ हुनेछ। परिवार र साथीहरुसंग आनन्दपुर्वक समय बिताउनुहुनेछ। खर्च अधिक नहोस, यसको ध्यान राख्नुहोस । आर्थिक लाभ हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

यसदिन तपाइको धन खर्च बढी हुनेछ। तपाईलाई मानसिक चिन्ताले सताउनेछ। तपाई आफ्नो बोलिलाई ध्यानमा राख्नुहोस। मध्यान्हपछि तपाइको समस्यामा परिवर्तन आउनेछ। आर्थिक दृष्टिबाट लाभ हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

यसदिन तपाईको मनमा क्रोध र आवेषको भावनाले गर्दा तपाई मानिसहरुसंग सम्हालेर व्यवहार  गर्नुहोस। यसदिन तपाइको स्वास्थ्य स्वस्थ रहदैन। मनमा चिन्ता रहनेछ । परिवारका मानिससँग असभ्य व्यवहार हुनसक्छ तर मध्यान्हपछि तपाइले स्वस्थता प्राप्त भएको अनुभव गर्नुहुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तपाईको यसदिनको बिहानी रमाइलो र लाभदायक हुनेछ। व्यवसाय र व्यापारको क्षेत्रमा लाभ हुनेछ। सामाजिक क्षेत्रमा तपाइको प्रशंशा हुनेछ। परिवारमा पनि आनन्दको वातावरण रहनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

यसदिन तपाइलाई  शारीरिक र मानसिक सुख प्राप्त हुनेछ । व्यवसाय या व्यापारमा तपाई उत्साहपूर्वक कार्य गर्नुहुनेछ । पदोन्नति हुनेछ। सरकारी कार्य सरलतापूर्वक सम्पन्न हुनेछ।  सामाजिक दृष्टिकोणबाट तपाइको मान-सम्मान बढ्नेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

यसदिन  तपाई विरोधी र प्रतिस्पर्धिसँग बहस नगर्नुहोस । व्यवसाय या व्यापारमा परिस्थिति अनुकूल हुनेछैन । सन्तानको विषयमा चिन्ता हुनेछ। पारिवारिक जीवन आनन्द रहनेछ। सरकारी कार्य पूर्ण  हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

यसदिन तपाई कुनै पनि कार्य गर्दा सावधान रहनुहोस्। शारीरिक र मानसिक अस्वस्थताबाट तपाई चिन्तित रहनुहुनेछ । व्यावसायिक क्षेत्रमा माथिल्लो कर्मचारीको व्यवहार नकारात्मक रहनेछ । यसदिन नया कार्यको सुरुवात नगर्नुहोस।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

यसदिन तपाईको आफन्तहरूसँग भेट गर्ने र खानपानको अवसर रहेको छ। सवारी सुविषा मिल्नेछ। मान-सम्मान पनि मिल्नेछ। मध्यान्हपछि तपाईको शारीरिक र मानसिक स्वास्थ्य बिग्रिनेछ। अधिक खर्च हुन सक्नेछ। नकारात्मक विचारबाट टाढा रहनुहोस।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

यसदिन तपाईलाई कार्यसफलता मिल्नेछ। शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ। सामाजिक रुपमा मान-प्रतिष्ठामा वृद्धि हुनेछ । मध्यान्हपछि मनोरंजनमा समय बित्नेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

तपाइको यसदिन राम्रोसंग बित्नेछ। कलाको क्षेत्रमा तपाइको अभिरुचि बढ्नेछ । साथीसंग भएको भेटले आनन्द प्राप्त हुनेछ। बिधार्थीको लागि राम्रो समय रहेको छ। घरमा सुख-शान्तिको वातावरण बनिरहनेछ।

प्रकाशित : सोमबार, असार ०८, २०७७१३:२३

भोलि असार ९ गते मंगलबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस् दैनिक राशिफल !