मङ्गलबार काठमाडौँका यी क्षेत्रमा लाइन काटिने ! कहाँ-कहाँ ? हेर्नुहोस् !

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले मङ्गलबार काठमाडौँका विभिन्न स्थानमा लाइन काट्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार जीर्ण अवस्थामा रहेका पोल परिवर्तन गर्नुपर्ने भएकाले विद्युत् काटिन लागेको हो ।

प्राधिकरणको सूचनामा भनिएको छ, “महाराजगञ्ज वितरण केन्द्रको गणेशथान फिडरबाट वितरीत लाइन बूढानीलकण्ठ नगरपालिका–२ गणेशचोकको जीर्ण एच टी लाइनको पोल परिवर्तन गर्नुपर्ने भएकाले मङ्गलबार लाइन काटिनेछ ।”

प्राधिकरणका अनुसार मध्याह्न १२ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् काटिनेछ । प्राधिकरणका अनुसार सो उक्त फिडरअन्तर्गत घुम्ती, धापासी, च्यासिन्टोल, हात्तिगौंडा, बालुवाडीपो, हेपालीलगायतका क्षेत्रमा विद्युत् काटिनेछ ।

प्राधिकरणले ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमा माग्दै कार्य निर्धारित समयअगावै सम्पन्न भएमा सो समयभन्दा अगावै लाइन सञ्चालनमा आउने जनाएको छ ।

सेती नदी जलविद्युत् आयोजनाको निर्माण व्यवस्थापन हाइड्रो कन्सल्टले गर्ने

सेती नदी जलविद्युत् आयोजनाको परामर्श सेवा तथा निर्माण व्यवस्थापन र सुपरिर्वेक्षणको काम हाइड्रो कन्सल्ट इञ्जिनीयरिङले गर्ने भएको छ । भिजन लुम्बिनी ऊर्जा विकास कम्पनी लिमिटेडले कास्कीमा निर्माण शुरु गरेको २५ मेगावाट क्षमताको आयोजनाको निर्माणलाई थप प्रभावकारी बनाउन र गुणस्तरमा ध्यान दिन हाइड्रो कन्सल्टको सहभागिता महत्वपूर्ण हुने प्रवद्र्धक कम्पनीले विश्वास लिएको छ ।

द्विपक्षीय सम्झौतामा भिजन लुम्बिनी ऊर्जा विकास कम्पनी लिमिटेडका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेल, हाइड्रो कन्सल्टका प्रमुख कार्यकारी अधिकृत मनोहर श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । परामर्श तथा निर्माण व्यवस्थापनका लागि भिजन लुम्बिनीले हाइड्रो कन्सल्टलाई रु पाँच करोड ५५ लाख ४१ हजार ५०० बराबरको रकम उपलब्ध गराउने छ । निर्माण कार्यमा कुनै सम्झौता नगर्ने, आयोजनाको सबै काम प्रभावकारीरुपमा गर्ने तथा अन्य व्यवस्थापकीय कामका लागि सो रकम खर्च हुनेछ ।

आयोजनालाई हरेक कोणबाट सबल, गुणस्तरीय बनाउने ध्येयका साथ आफूहरुले हाइड्रो कन्सल्टसँग सम्झौता गरेको अध्यक्ष पोखरेलले जानकारी दिए । कास्कीको माछापुच्छ्र«े गाउँपालिका–२ सार्दिखोलाको भराभरीमा निर्माण गर्न लागिएको सो आयोजनाको निर्माण कार्य गत वैशाख २२ गतेदेखि शुरु भएको हो । कूल रु पाँच अर्ब लगानीमा निर्माण गरिने आयोजनाको शुरुआतमा सिभिल निर्माणतर्फको सेटलिङ बेसिन (पानी थिग्राउने पोखरी) खन्ने काम भइरहेको छ । आगामी २७ महिनाभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्यअनुसार कोरोना सङ्क्रमणको त्रासका बीचमा समेत आवश्यक सुरक्षाका उपाय अवलम्बन गरेर काम शुरु गरिएको छ ।

भराभरीमा आयोजनाको बाँध निर्माण गरी छ हजार ४०० मिटर लामो भूमिगत पाइप बिछ्याएर पोखरा महानगरपालिका–१९ सँग सीमा जोडिएको चिन्ते बगरमा निर्माण गरिने विद्युत् गृहमा १८७ मिटर उचाइबाट पानी खसालिनेछ । आयोजनाबाट उत्पादित विद्युत् चार किमी दूरीमा रहेको गाउँपालिकाको वडा नं ४ लाहाचोकमा निर्माणाधीन सवस्टेशनमा जडान गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । आयोजनाको सिभिल वर्कको जिम्मा रसुवा लुना जेभीले पाएको थियो । रु एक अर्ब २० करोड लागतमा २७ महिनाभित्रमा सम्पन्न गर्ने गरी गत माघमा भौतिक निर्माणको जिम्मा रसुवाले पाएको हो ।

सिभिल वर्कको कामसँगै आयोजनाको हाइड्रोमेकानिक, इलेक्ट्रोमेकानिकल्स र ट्रान्समिसन ९प्रशासरण लाइन० को काम अघि बढाउन निर्माण व्यवसायी छनोटका लागि बोलपत्र आह्वान भइसकेको छ । आयोजनाको कूल लागतमध्ये ७० प्रतिशत विभिन्न बैंक, वित्तीय संस्था तथा निजी क्षेत्रबाट जुटाइनेछ भने बाँकी रकम स्वपूँजीका रुपमा लगानी हुनेछ । आयोजनाले उत्पादन गरेको विद्युत् वर्षायाममा छ महिना चार रुपैयाँ ८० पैसा र हिउँदयाममा आठ रुपैयाँ ४० पैसा प्रतियुनिटमा विद्युत् प्राधिकरणले खरिद गर्ने सम्झौता यसअघि नै भइसकेको छ ।

प्रकाशित : सोमबार, असार ०८, २०७७१३:२९

घरभाडामा ५० प्रतिशत छुट दिन माग