“अल्‍कोहल मसाज”का अनेक फाइदा: यस्ता समस्या देखि दिलाउँछ छुटकारा !

तपाईंले आजसम्म रक्सी पिउँदा हुने हानिहरूको बारेमा सुनेको हुनुपर्छ, तर के तपाईंलाई यसको फाइदाको बारेमा थाहा छ? हो, यो सुनेर अचम्म नमान्नुहोस् कि धेरै रक्सी पिउनु स्वास्थ्यको लागि हानिकारक छ तर शरीरको मालिस गर्नका साथै रक्सीको धेरै फाइदाहरु पनि छन्। यसले  केहि क्षणमै तपाइँको  शरीरको थकान कम गर्न सक्छ।

आउनुहोस् जान्नुहोस् रक्सीको फाइदाहरु के-के हुन्छन् त ?

शरीरको दुखाइ कम गर्छ

दिनभरको भागदौड र कामले गर्दा बेलुका हाम्रो शरीर थकानले निकै दुख्छ । यस्तोमा पुरा शरीर रक्सीले मालिस गर्नुहोस् । यसले केहि  क्षणमै शरीरको दुखाइलाई मात्र राहत हैन , तपाईंलाई मांसपेशिको दुखाइबाट पनि मुक्त गर्दछ। रक्सीले  शरीरको दुखेको भागमा मालिस  गर्नुहोस् र एक घण्टा पछि धुनुहोस्।

छाला र न नङहरूका लागि

यदि तपाईंको छाला वा नङहरूमा फंगल संक्रमण छ भने, रक्सी तपाईंको लागि धेरै उपयोगी हुन सक्छ।  किनकि यो छाला र नङहरूमा बढ्ने कुनै प्रकारको फंगसको लागि धेरै प्रभावकारी हुन्छ । यसलाई  कपासको टुक्राले  छाला वा  नङमा लगाउँनुहोस् र सुकेपछि धुनुहोस्।

घाउ चाँडै निको पार्छ

यदि तपाईंलाई सनोतिनो दाग लागेको छ वा छालामा घाउ भएको छ भने तपाईं यसलाई चाँडै निको पार्न रक्सी प्रयोग गर्न सक्नुहुन्छ। घाउ लागेको ठाउँमा रक्सी प्रयोग गर्नाले, यसले एन्टिबायोटिकको रूपमा काम गर्छ र घाउ चाँडै निको हुन्छ।

कपालका लागि हुन्छ लाभदायक

रक्सीको मालिस शरीरको लागि मात्र लाभदायक हैन, कपालको लागि पनि अत्यन्त प्रभावकारी हुन्छ । बियरले  कपालको मालिस गर्दा कपाल नरम र चमकदार हुन्छ ।

छाला तातो बनाउँछ

रक्सी मालिस  शरीर र छाला तातो बनाउनको  लागि पनि धेरै प्रभावकारी हुन्छ । रक्सी मालिस गरिसकेपछि तपाईंले शरीरमा तातोपनाको महशूस गर्न सक्नुहुन्छ ।

प्रकाशित : सोमबार, असार ०८, २०७७१३:४२

घरबाट कमिला भगाउन प्रयोग गर्नुहोस् यी सजिला उपाय !