क्वारेन्टिनबाट घर पठाइएका ५८ मा कोरोना पुष्टि !

घोडाघोडी – कैलालीको लम्किचुहा नगरपालिकामा पिसिआर रिपोर्ट आउन ढिला भएको जनाउँदै क्वारेन्टिनबाट घर पठाइएका ५८ जनामा कोरोना पुष्टि भएको छ ।

लम्किचुहा –१ लम्की बहुमुखी क्याम्पस तथा २ को राधा स्वामी सत्सँगको क्वारेन्टिनमा राखेर घर पठाइएका ५८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले जानकारी दिए।

सङ्क्रमण पुष्टि भएकाहरु भारतबाट फर्किएको तीन हप्ता पुगिसकेको र कोरोनाको लक्षण पनि नदेखिएकाले तथा पिसिआर रिपोर्ट आउन ढिला भएका कारण घर पठाइएको बिसीले जानकारी दिए।

गत जेठ २८ गते स्वाब सङ्कलन गरिएका ९३ मध्ये ५८ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।

कोभिड –१९ बाट जोगिएको रसुवा
उत्तरमा छिमेकी देश चीनसँग जोडिएको जिल्ला भएर पनि रसुवा हालसम्म कोरोनामुक्त छ ।

चीनको वुहान शहरमा कोरोना फैलेपछि जिल्ला प्रशासन कार्यालयले शुरुमै सीमा नाका रसुवागढी बन्द गरेको थियो । सुरक्षित रहन सरकारले दिएको मार्गनिर्देशन एवं स्थानीय बासिन्दाको पूर्वसावधानीका कारण हालसम्म रसुवा सुरक्षित छ ।

चीनको हुवेइ प्रान्तको वुहान शहरमा उक्त रोगको संक्रमण फैलिन थालेलगत्तै नेपालको उत्तरी नाका रसुवाबाट आवतजावतमा रोक, रसुवागढी तथा बेत्रावतीमा हेल्थ डेस्क स्थापना, रोगको असरसम्बन्धी व्यापक जनचेतना, स्थानीय बासिन्दाद्वारा लकडाउनको पूर्ण पालना जस्ता कार्यले हालसम्म कोरोना रोग नियन्त्रण गर्न सफलता मिलेको जनस्वास्थ्य प्रमुख किरण श्रेष्ठले जानकारी दिए।

प्रकाशित : सोमबार, असार ०८, २०७७१६:०५

“कोरोनाभाइरसको सङ्क्रमण उत्तिकै फैलिइरहेको छ, यसले गर्ने क्षतिमा कमी आएको छैन”